उत्तर कोरियालीमाथि निगरानी बढाउन सादा पोशाकमा प्रहरी

प्रकासित मिति: १४ श्रावण २०७५, सोमबार ०२:१३

काठमाण्डौं । नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका व्यापार–व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै आएको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल–रेष्टुरेन्टलगायतका व्यापार व्यवसाय तथा संलग्न कर्मचारीको विवरण पेश गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

राष्ट्रसंघ मातहत गठित निकाय कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्स्पर्टले साउन पहिलो साता नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखी साउन २७ देखि त्यस्ता व्यापार व्यवसाय बन्द गरी संलग्न व्यक्तिलाई देश निकाला गर्न निर्देशन दिएको छ । राष्ट्रसंघको पत्रअनुसार प्रहरीले सादा पोशाकका सुरक्षाकर्मीलाई विवरण संकलनमा खटाइसकेको समाचारमा उल्लेख छ । यो समाचार कारोबार दैनिकमा छ ।

Bhansar Bivag
Argakhachi Cement