बिष्णु गिरी ‘निश्चल’
उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न भने मिल्दैन । पेटेण्ड, डिजाइन, र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक ७ वर्षमा नवीकरण गर्नु पर्छ । नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ । ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा १ लाख सम्मको जरीवाना हुन्छ ।
कुनै व्यापार वा व्यवसाय सुरु गर्नु उद्यमशीलता गर्नु हो । यसमा व्यापार वा व्यवसाय सम्बन्धी सोचाइदेखि लिएर दीर्घकालीन रूपमा उद्यमशीलता सञ्चालन गर्ने कुरासम्म पर्दछ । उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड मानिन्छ । त्यसले हरेक देशको सरकारले उद्यमशीलता गर्नेहरुलाई बिशेष प्राथमिकता दिएको हुन्छ । नेपालमा सबैतिर बेरोजगारीको समस्या छ । युवा जनशक्ति सामान्य रोजगारीको लागि पनि विदेशतिर भौतारिन पर्ने अवस्था सिर्जना भएको छ । वैदेशिक रोजगारीबाट सानोतिनो कमाइ गर्ने चाहने व्यक्तिहरुलाई पनि स्वदेश मै लगानी गरी उद्यम व्यवसाय सञ्चालन गर्ने बाताबरण छैन ।
आज हामी स्वदेशमै केही गर्ने उधोग तथा ब्यबसाय सञ्चालन गरिरहेकाहरुको लागि पनि एउटाले जे काम गरयो अर्कोले त्यही काम गर्ने प्रबृति हाबी छ । एउटाले एउटा बा्रन्ड स्थापना गरयो भने अर्कोले त्यसको डुम्लीकेशन गरिहाल्ने प्रबृति हाबी छ यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ र आप्नो बा्रन्डलाई बचाउन के गर्नु पर्छ भन्ने जानकारी दिनको लागि के हो ट्रेडमार्क र कसरी दर्ता गर्ने भन्ने बारेमा जानकारी दिन खोजिएको छ । उद्यमीले आफ्नो व्यवसायमा वस्तु तथा सामानहरू धेरै किसिमका उत्पादन गर्न सक्छ । एउटै व्यवसायमा पनि धेरै ब्रान्डहरु हुन सक्छन् । त्यसैले उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क लिने गर्दर्छन व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई ट्रेडमार्क भनिन्छ । यसले उस्तै किसिमको समान उत्पादन गर्ने अर्को व्यवसाय भन्दा फरक देखाउन मद्दत गर्छ । ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न मिल्दैन । पेटेण्ड, डिजाइन, र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि ७ वर्षमा नबिकरण गरिरहनुपर्छ । यदि नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ ।
ट्रेडमार्कको लागि पनि दर्ता गर्नको लागि सुरुमा निवेदन लेख्नु पर्ने हुन्छ त्यसको लागि एक सय रुपैयाँ तिर्नुपर्छ । निवेदन बुझाईसकेपछी नियम अनुसार सही छ कि छैन जाँचबुझ हुन्छ, यदि सबै कुरामा ठिक भएमा मात्र दर्ता गरेको प्रमाणपत्र पाइन्छ । दर्ता गर्नको लागि भने चार सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा १ लाख सम्मको जरीवाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसंग सम्बन्धित सबै कुराहरू नेपाल सरकारले जफत गर्दछ । यदि तपाईँले आफ्नो व्यवसायमा कुनै नयाँ वस्तु उत्पादन गर्दैहुनुहुन्छ भने ट्रेडमार्क दर्ता गरी संञ्चालन गर्दा राम्रो हुन्छ । ट्रेडमार्क बनाउने नाम पहिले नै अरू कसैले दर्ता गरेको नामसंग मेल खायो भने दर्ता गर्न मिल्दैन त्यसैले ब्यबसाय शुरु गदै गर्दा टे«डमार्क दर्ता गरेर संञ्चालन गर्दा ब्यसायको लागि हितकर हुन्छ । उद्योग विभागमा दर्ता भएको एउटा सामग्रीको ट्रेडमार्क हुबहु वा आंशिक रुपमा चोरी गरी पुनः अर्काे सामग्रीमा उस्तै चिन्ह वा संकेत लिएपछि ट्रेडमार्क सम्बन्धमा उजुरी पर्ने गर्छ । ट्रेडमार्क उत्पादित वस्तुमाथि उत्पादकको कानुनी हक र अधिकार हो ।
नेपाल ट्रेडमार्क सम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्र हो । पेरिस सम्झौतामा ट्रेडमार्क सम्बन्धमा कम्तीमा अधिकारप्राप्त निकायले छानविन गर्न ६ महिनाको अवधि पाउने व्यवस्था छ । दर्ता गरेको ६ महिनापछिको तीन महिना विभागले उक्त आवेदन विरूद्ध उजुरीको लागि समय छुट्याएको हुन्छ । सो समयावधीमा कसैले उजुरी दिएमा त्यसको अनुसन्धान हुन्छ । त्यो कानुनी प्रकृयामा जान्छ तर, उजुरी नपरेको खण्डमा भने ९ महिनापछि सम्बन्धित कम्पनी वा संस्थाले ट्रेडमार्क दर्ताको प्रमाण पत्र पाउने व्यवस्था छ । प्रतिष्पर्धी बजारमा आफ्ना उत्पादनलाई चिनाउन, बजारीकरण गर्न र नक्कल गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि ट्रेडमार्क आवश्यक छ ।
ट्रेडमार्क आफ्ना उत्पादनहरुको पहिचानका लागि लिइने कानुनी चिन्ह हो । उद्यमीले आफ्नो व्यवसायमा वस्तु तथा सामानहरू धेरै किसिमका उत्पादन गर्न सक्छन् । एउटै व्यवसायमा पनि धेरै ब्रान्डहरु हुन सक्छन् । त्यसैले उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । यसले उस्तै किसिमको समान उत्पादन गर्ने अर्को व्यवसायभन्दा फरक देखाउन मद्दत गर्छ । ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न भने मिल्दैन । पेटेण्ड, डिजाइन, र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक ७ वर्षमा नवीकरण गरिरहनुपर्छ । नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ ।
ट्रेडमार्क ऐन २०२२ अनुसार दर्ताको ७ बर्षसम्म प्रयोगमा नआएका ट्रेडमार्क पुनः सञ्चालनका लागि नविकरण गर्नुपर्ने छ । जसअनुसार ट्रेडमार्क दर्ताको ७ बर्ष पुगेकोले ३५ दिनभित्र ३ हजार ५ सय रुपैयाँ जरिवाना तिरेर नविकरण गर्नु पर्छ । त्यस्तै ४५ दिनभित्र गरेमा ४ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने प्रावधान छ । तर ४५ दिन कटेमा सो ट्रेडमार्क स्वत रद्द हुने भएकोले ट्रेडमार्क नविकरण गर्न पाउने छैनन् । त्यस्तो अवस्थामा अन्य कसैले सोहि नामको ट्रेडमार्क दर्ता गर्न सक्ने ब्यबस्था छ । एक पटक रद्द गरिएको ट्रेडमार्क जरिवाना तिरेर पनि नविकरण गर्न सक्दैन । विभागमा हालसम्म करिव ५० हजार भन्दा बढी ट्रेडमार्क दर्ता भइसकेका छन् ।