उपत्यकाभित्रका भग्नावशेष हटाउन हतार

प्रकासित मिति: २ भाद्र २०७३, बिहीबार १३:४५

गोपाल बराइली
काठमाडौं
vhokampa भक्तपुर नगरपालिका– ७, की भूकम्पपीडित सम्झना महर्जनको घर भूकम्पले भत्काएको थियो । त्यसबेलादेखि उनले आफ्नो घरको भग्नावशेषलाई हटाउन पाएकी थिइनन् । तर, उनी विहीबारसम्म भूकम्पले भत्काएको घरको भग्नावशेष हटाउन निक्कै व्यस्त थिइन् । उनी त्यसरी व्यस्त हुनुको एउटै कारण थियो शुक्रबारको गाईजात्रा ।
भक्तपुर नगरपालिकाले केही महिनाअघि मात्रै गाईजात्रागायतका चाडपर्व आउन लागेकाले आफ्ना घरका भग्नावशेष हटाउन सुचना जारी गरेको थियो । त्यही भएर पनि सम्झनाले गाईजात्रा भित्रिसक्दा पनि घरको भग्नावशेष हटाउन व्यस्त देखिएकी थिइन् ।
भक्तपुरकी सम्झना मात्र होइन, काठमाडौं साँखुका इश्वरमान शाक्य पनि त्यसरी नै आफ्नो घरका भग्नावशेष हटाउन व्यस्त छन् । उनले आफ्नो घरका कारण vhukampaगाईजात्रालाई समस्या नहोस् भनेर भूकम्पले भत्काएको घरको भग्नावशेष हटाउन थालेको बताउँछन् । गत फागुनमा नगरपालिकाले धेरै ठाउँंमा भग्नावशेष पन्छाउन थालेपछि नगरका ठाउँंठाउँंका बाटो अवरुद्ध भएको थियो । पुननिर्माणका लागि भत्केका घरका भग्नावशेषहरु सडकमा फाल्न ल्याएपछि सडकहरु अवरुद्ध भएका थिए ।
गाईजात्राको बेला नगरभरिका बाटोमा गाईजात्राका लागि गाईको परिक्रमा गराइने र सो हेर्न आउने मानिसको ठूलो भीड लाग्ने गर्छ । भूकम्प गएको १५ महिना हुन लाग्दासमेत अझैसम्म भग्नावशेषसम्म पन्छाउन स्थानीयले जागर देखाएका थिएनन् । तर, यो पटक भने गाईजात्रा नजिकिएसँंगै नगरबासीलाई भग्नावशेष पन्छाउन भ्याई नभ्याई भएको छ । गाईजात्राका लागि सबै बाटाघाटा खुल्नुपर्ने भएकाले धेरै नगरबासीलाई भग्नावशेष पन्छाउन व्यस्तता बढेको हो ।
घर पुनर्निर्माणका लागि भत्काउँंदै गरेका व्यक्तिगत घरहरुका भग्नावशेषका कारण गल्लीगल्लीका बाटाहरु अझैँसम्म अबरुद्ध छन् । गत वर्षको गाइजात्रामा आफ्ना घरका भग्नावशेष हटाउन आनाकानी गरेका घरवालाहरु यो वर्ष भने निक्कै उत्साहका साथ घरका भग्नावशेष हटाइरहेका छन् ।
गत १२ वैशाखमा आएको विनासकारी भूकम्पले क्षति पु¥याएको उपत्यकाका व्यक्तिगत घरका भग्नावशेष मात्रै होइन, सार्वजनिक भवन, मठ मन्दिरका भग्नावशेष पनि हटाउन बाँकी नै छन् । भूकम्पले जीर्ण बनाएको भक्तपुर दरवार स्क्वायरस्थित नगरपालिकाको कार्यालय भवन भत्काउन बाँकी छ । पाँचतल्ले मन्दिर जतिकै अग्लो फसिदेगल, लामो पाटीलगायतका सार्वजनिक सम्पदा नै भग्नावशेषका रुपमा छन् ।
गाईजात्रा आएपछि काठमाडौं, लतिलपुर र काठमाडौंभित्रका भग्नावशेषहरु धमाधन पन्छाउने काम भइरहेको छ । तत्कालका लागि घर भत्काउन रोकेर भत्काइसकेको घरका भग्नावशेष पन्छाउन नगरबासी लागिपरेका छन् । नगरभित्र भूकम्पले क्षति पुयाएका अझ धेरै घरहरु भत्काउन बाँंकी नै छन् ।
भक्तपुर नगरपालिकाले त सांंस्कृतिक पर्व गाईजात्रा नजिक आएको र टोलटोलबाट सांंंस्कृतिक पर्वलाई अवरोध नहुने गरी बाटो चोकका भग्नावशेष नराख्न र राखेको हटाउन सार्वजनिक सूचना प्रकाशित गरी आह्वान गरेको थियो । नगरबासीले घर भत्काउँदा सडक, गल्ली बाटोमा अवरोध पुग्न गई त्यसबाट सरसफाई, खानेपानी जस्ता अत्यावशेषक सेवा र दमकल, एम्वुलेन्सलगायतका आपतकालिन सेवालाई समेत अवरोध पुगेकाले भग्नावशेष पन्छाउन नगरपालिकाले सार्वजनिक आहवान गरेको थियो । साथै नगरपालिकाले नेपाल टेलिकमलगायतका कार्यालयहरुलाई पनि गाईजात्रामा बाटाघाटामा अवरोध पुयाउन सक्ने तार पन्छाउन परिपत्र गरेको जनाइएको छ ।
भक्तपुर नगरपालिका भग्नावशेष व्यवस्थापन समितिका संयोजक रामेश्वर कोजूले नगरपालिकाले भूकम्प गएदेखि अहिलेसम्म निरन्तर रुपमा भग्नावशेष हटाउने काम गर्दै आएको बताउँछन् । ‘अहिलेसम्म पनि दैनिक रुपमा नगरपालिकाको एउटा डोजर र तीन वटा टिपर भग्नावेशष हटाउने काममा लगाइरहेका छौं’, उनले भने, ‘भग्नावशेषका कारण अवरुद्ध रहेको बाटाघाटा खोल्न नगरपालिका र नगरबासीसँंगै सक्रिय भएका छौं ।’ भक्तपुर– १ सूर्यमढी, १४ नं. नासमना, ७ नं. यातालगायतका ठाउँंमा रहेका भग्नावशेष हटाउन लागेको भक्तपुर– १ सूर्यमढी रामकाज खाइजु बताउँछन् ।
नगरपालिका क्षेत्रभित्र अझैसम्म ठाउँठाउँंमा भग्नावशेष पन्छाउन बाँंकी छन् । नगरपालिका क्षेत्रभित्र अहिले पनि भग्नावशेष हटाउनका लागि टोलटोलमा स्थानीय स्तरमा भग्नावशेष व्यवस्थापन समितिहरु छन् । स्थानीयस्तरका समितिहरुले नगरपालिकासँंग सहकार्य गरी भग्नावशेष हटाउने काम चलाइरहेका छन् । जिल्ला दैवी प्रकोप उदार समिति भक्तपुरको तथ्यांक अनुसार जिल्लाका ३९ हजार दुई सय १० घरमा क्षति पुगेको थियो । भूकम्पले भक्तपुरका २४ हजार एक सय ७९ घरहरु पूर्ण क्षति पुगेका थिए ।

Bhansar Bivag
Argakhachi Cement