उमाले ३ घण्टा कुराएर खुमनलाई “असीना पानी” सगैँ भेटेपछि..

प्रकासित मिति: २० असार २०७५, बुधबार ०७:३४

तीज आउन अझै केहि समय बाकीँ छ । तर गायक गायिकालाइ भने यतिवेला तीजको चटारो छ । किसान खेतमा व्यस्त भएअझै यतिवेला तीजमा लोकप्रिय बन्न गायकगायिकाहरु व्यस्त छन् । यसैको चटारोमा रहेका यतिवेला गायिका उमा गिरी र गायक खुमन अधिकारी ।
उमाको प्राय गितहरुमा स्वर दिएका खुमन यसपालिको तिजमा पनी उमालाई साथ दिएका छन् ।
गायक खुमनले उमालाई तिजमा मात्र हैन अन्य गितहरुमा समेत साथ दिएका छन् ।
‘मुटुनै हल्लीयो “, ‘झ्यालको पर्दा खोल” ,’डाक्टर साव’, “पुर्णीमाको जुन”, “खोटी कर्म” जस्ता लोक गित र ” नक्कली गहनाले पल्कायो चोर” तिजको गितमा गायक खुमन अधिकारीले उमालाई साथ दिएका छन् ।“नक्कली गहनाले पल्कायो चोर” दर्शकले मन पराएपछि गायक खुमन अधिकारी र गायिक उमा गिरीको तीज विशेष लक्षित गरी नेपाली नारीहरुको महान पर्व तिजको पुर्व सन्ध्यामा असीना पानी बोलको गित लिएर आएका छन् ।
तिजको भाकामा रहेको असीना पानी गीत सार्वजनिक भएको छ । तीज नजिकिदै गर्दा संगितिक क्षेत्रमा तीज विशेष सांगीतिक चहलपहल सुरु हुनु सामान्य हो। केही वर्षयता तीजका भाकामा महिला र पुरुषको उत्तिकै सहभागि भएर तीजको कोशेली सार्वजनिक गर्न लागि परेका छन् ।
“असीना पानी”मा लय तथा शब्द नेत्र अर्यालको रहेको गीतमा उमालाई खुमन अधिकारीले साथ दिएका हुन् ।
गीत ‘ असीना पानी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । उमा र खुमनको स्वरमा रहेको असीना पानी बोलको गीत भिडियोको छायाङ्कन करण चैसीरले गरेका छन ।
उमा पछिल्लो साय संगितीक क्षेत्रमा राम्ररी जम्न थालेकि छन । उनले नेपालमा मात्र नभएर विदेशमा समेत श्रोता र दर्शकको राम्रै माया वटुल्न सफल भएकि छन् ।

Bhansar Bivag
Argakhachi Cement