उम्मेदवार फेर्न अवसरै अवसर

प्रकासित मिति: २९ भाद्र २०७९, बुधबार ०३:००

काठमाडौ । एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि निर्वाचनमा विपक्षी गठबन्धन तयारीमा छन् ।निर्वाचन आयोगले तय गरेको समानुपातिक निर्वाचन कार्यक्रममा गठबन्धनसँगै अन्य दलले समेत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन अर्थात् २२ असोजसम्म समानुपातिकतर्फको उम्मेदवार हेरफेर गर्ने घुमाउरो अवसर पाएका छन् ।आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन २ र ३ असोजको समय निर्धारण गरेपछि दलहरूलाई प्रत्यक्षतर्फको सिटको भागबन्डा टुंग्याउन एकातर्फ दबाब बढेको हो भने अर्कातर्र्फ सो दिनमा सबै दलले उम्मेदवारको नाम बुझाए पनि २२ असोजसम्म हेरफेर गर्न बाटो पाएका हुन् ।प्रत्यक्षतर्फका सिटमा भागबन्डा नटुंगिएपछि समानुपातिक उम्मेदवार छनोट गर्न गठबन्धनभित्र अन्योल छ । गठबन्धन हुँदा प्रत्यक्षतर्फ उम्मेदवारको भाग नपाएकालाई आन्तरिक रूपमै मिलाउन पनि दलहरूले समानुपातिक बन्दसूची समेट्नैपर्ने बाध्यता छ ।तर, समानुपातिकतर्फको सूची संशोधनका लागि आयोगले दलहरूलाई घुमाउरो रूपमा निर्वाचन कार्यक्रममा अवसर पनि दिएको छ । आयोगले समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश व्यक्तिलाई प्रत्यक्षतर्फ भने उम्मेदवार बन्न रोक लगाएको छ । यो समाचारराजधानी दैनिकमा छ ।

Bhansar Bivag
Argakhachi Cement