एई ग्लोबलको आयोजनामा पोखरामा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’हुँदै

प्रकासित मिति: २३ श्रावण २०७५, बुधबार ०६:०८

दिपेन्द्र पौडेल,

पोखरा अष्ट्रेलियामा वैदेशिक अध्ययनका जान चाहने विद्यार्थीलाई लक्षित गर्दै एई ग्लोबलले पोखरामा अष्ट्रेलियन एजुकेसन फेयर गर्ने भएको छ। एई ग्लोबल पोखराका प्रवन्ध निर्देशक प्रीया थापाका अनुसार यही भाद्र ३ गते (अगस्ट १९) पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युट हलमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना ग्रन लागिएको हो।२४ वटा युनिभर्सिटी र कलेजका प्रतिनिधिहरु सहभागी हुने फेयरमा अष्ट्रेलियामा उच्च शिक्षा का लागि सम्पूर्ण जानकारी विद्यार्थीहरुलाई उपलब्ध गराइनेछ।नि:शुल्क प्रबेश गर्न सकिने उक्त फेअरमा सहभागी विद्यार्थीलाई विभिन्न क्षेत्रमा विशेष छात्रबृत्ति उपलब्ध गराईनुका साथै स्पोट अप्लिकेसन प्रोसेस को पनि व्यवस्था रहेको थापाले बताईन। थापाका अनुसार फेअरमा सहभागी सबै विद्यार्थीहरुलाई कुन कलेज कुन बिषय कुन सिटी ठीक हुन्छ भन्ने बारे सही परामर्श दिईने, विद्यार्थीलाई IELTS क्लासमा ५०% छुट लगायत ‘लक्की ड्र’बाट आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement