ललितपुर । फाल्गुण ललितपुरको ठेचो घापाखेलमा रहेको एकता एकेडेमिले दशवर्ष पूरा गरि एघार वर्ष पुगेको उपलक्ष्यमा वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ ।
शनिबार बिद्यालय प्राङणमा भएको बार्षिक उत्सवको पूर्व विज्ञान तथा प्रविधि मन्त्री शिबलाल थापामगर बार्षिक उत्सवको उद्घाटन गरेका थिए ।
बार्षिक उत्सवका बत्ताहरुले विद्यालयले छोटो समयमानै प्रगति गरेको कुरा बताउदै बिद्यालयले नैतिक शिक्षामा जोड दिएकोमा खुशि लागेको बताए । यस विद्यालयले बर्षैपिच्छे क्रमशः विकास गर्दै आएको कुरा र वालअधिकारका कुरा संविधानमा उल्लेख गरिएको बताएका थिए ।
एकता एकेडेमीले जीपि एस पद्धति, नोटिस बोर्ड पद्धति, एस एम एस बाट सूचना प्रवाह जस्ता टेक्नोलोजी प्रयोगमा ल्याएको बिद्यालयका निर्देशक कृष्ण ढकालले जानकारी दिए ।
बार्षिक उत्सवमा नेपाल परिवार दलकी कोषाध्यक्ष एवम् सांसद मिलन कुमारी राजबंशी, युपीएफ एशियाका शान्ति शिक्षा निर्देशक डा. रोबर्ट एस किटेल , मिसेस मिफुने,मिसेस होसिता, स्थानिय तहबाट रामशरण कार्की, समाजसेवी लुरी कार्की , जिल्ला शिक्षा कार्यलयबाट विद्यालय निरिक्षक सुरेन्द्रबहादुर विष्ट, श्रोत व्यक्ति राजेश थापा धापाखेल क्षेत्रमा माध्यमिक विद्यालय स्थापना गर्ने प्रथम प्रधानध्यापक सुरेन्द्र बहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम उत्कृष्ट रुपमा प्रस्तुत गरिएका थिए । साथै विद्यालयमा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो भने फोस्टर प्यारेन्टसिप प्रोग्राम मध्ये ६ जना प्लस टु पढने विद्यार्थीलाई जनही रु १५०००। (पन्ध्र हजार)का दरले सहयोग गरिएको थियो भने दुइ जना जापानिजले प्रत्यक्ष आप्mना फोस्टर चिल्डेनहरुलांई अंकमाल गरि उपहार पनि दिएका थिए । करीब एक सय जना जतिले उक्त प्रोग्रामको सुविधाप्राप्त गरेको कुरा पनि बिद्यालयका निर्देशक ढकालले जानकारी दिए ।
कार्यक्रममा स्वदेश तथा विदेशकागरि एकहजार भन्दा बढीको सहभागिता रहेको थियो ।बार्षिक उत्सवमा बिधार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।