२६ असोज, । नेपाल परिवार दलको केन्द्रिय अध्यक्ष एकनाथ ढकालको नाम गोर्खा निर्बाचन क्षेत्र नम्बर १ र चितवन निर्बाचन क्षेत्र नम्बर २ वाट जिल्ला कार्य समितिले सिफारिस गरेको छ । ढकाल गोर्खा र चितवन दुवै स्थानका बासिन्दा हुन् । प्रत्यक्ष निर्बाचनमा चुनाब लड्न चाहेका ढकालले गठबन्धनले १६५ निर्बाचन क्षेत्र मध्ये जुन क्षेत्र वाट टिकट उपलब्ध गराय पनि आँफु उठ्ने बताउदै आयका छन् । नेपाल परिवार दलले केहि दिन अघि नेकपा एमाले संग चुनाबी गठबन्धनको लागि ३ बुदे सहमति गरेको थियो ।