नेपालले युइईविरुद्धको तीन एकदिवसीय श्रृंखला २-१ ले जितेको छ। पहिलो खेलमा पराजित भएपनि त्यसपछिका दुवै खेल जित्दै नेपालले श्रृंखला आफ्नो पोल्टामा पारेको हो। पहिलो खेलमा ११३ रनमा समेटिएको नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा रोहित पौडेलको अर्धशतक मदतले २४२ रनको विजयी लक्ष्य दिएको नेपालले सोमपाल कामीको ५ तथा सन्दिप लामिछानेको ४ विकेटको मदतमा युएईलाई १४५ रनले हराएको थियो।