एटुजेड सहकर्मी सुमन बैबाहिक बन्धनमा

प्रकासित मिति: ४ फाल्गुन २०७४, शुक्रबार ०४:४३

काठमाण्डौं । एटुजेड खबर डिजीटल पत्रिकामा सम्बादाताको रुपमा कार्यरत सुमन काफ्ले बैबाहिक बन्धनमा बाधिएका छन् । यहि माघ २४ गते बुधबार सुमनले पाल्पा तानसेन निबासी इन्दु घिमिरेसँग बिबाह गरेका हुन् ।
काठमाण्डौको बतिसपुतलिमा रहेको राम मन्दीरमा भएको बैबाहिक कार्यक्रममा पत्रकार सुमनले केही नजिकका साथिभाईको माझमा बिबाह सम्पन्न गरेका थिए । सुमन पत्रकारिताको अलवा पर्यटन ब्यबसायमा समेत आवद्ध छन् । भने इन्दु त्रि.बी शिक्षण अस्पतालमा कार्यरत छिन् । दुबैलाई एटुजेड खबर परिवारको तर्फबाट सफल दाम्पत्य जीवनको शुभकामना ।

Bhansar Bivag
Argakhachi Cement