झापा । समाज तथा राष्ट्रमा शान्ति ,सुरक्षा, शिक्षा र सामाजिक क्षेत्रमा तथा पारिवारिक मुल्य मान्यता सम्बन्धी कार्य गरेको भन्दै विश्व शान्ति तथा एकीकृत परिवार संघ झापालाई सम्मान गरेको छ । शनिबार पाथीभरा एकेडेमी ,कन्काई लक्ष्मीपुरले १०औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा उक्त सम्मान प्रदान गरेको हो आफ्नो बिधालय लगायत झापा जिल्ला भरिनै आफ्नो संस्थाले संस्थाले स्थापनाको समय देखिनै परिवारलाई मजबुत ,आदर्श र शान्तिपूर्ण बनाउन ू्आदर्श परिवार विश्व शान्तिको आधार भन्ने नारा सहित संचालन गरेको आदर्श परिवार सेवा कार्यक्रमको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो।