नेकपा (एमाले)मा मधेश समता पार्टी नेपाल समाहित भएको छ ।
आज एमाले संसदीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेमा समता पार्टी समाहित भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समता पार्टीका अध्यक्ष मेघराज नेपालीलाई टीका लगाई पार्टी प्रवेश गराउनुभएको हो ।
पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमालेको देशप्रति देखाएको सद्भावका कारण प्रवेश गर्नेको लहर छाएको बताउनुभयो । तोकिएको समयमा निर्वाचन हुने ठोकवा गर्दै ओलीले सबै जनताको प्रिय पार्टी एमाले भएको धारणा राख्नुभयो ।
उहाँले एमालेले अरुलाई पार्टी प्रवेश गराएर धोका दिन काम गर्ने दिने समेत बताउनुभयो । कम्युनिष्टले नै देश बनाउने भन्दै उहाँले भन्नुभयो– “कम्युनिष्ट भनेको सत्य र निष्ठामा चल्नु पर्दछ । कम्युनिष्ट नै देश बनाउने छन् ।”
अध्यक्ष ओलीले मधेशी जनताको अधिकार कटौती गर्ने पार्टी मधेशवादी नभएको जिकिर गर्दै मधेशको विकास र समृद्धि गर्ने पार्टी एमाले मधेश विरोध नभएको दाबी गर्नुभयो ।
उहाँले एमाले नेताको हुकुमले नभई विधि र नीतिबाट चल्ने पार्टी भएको बताउँदै समाहित भएकालाई पार्टीले उचित जिम्मेवारी दिने धारणा राख्नुभयो ।
कार्यक्रममा समता पार्टीका अध्यक्ष नेपालीले एमालेको राष्ट्रप्रति लिएको सही अडानका कारण आफूहरु एमालेमा समाहित भएको बताउनुभयो ।
सोही कार्यक्रममा सीमारक्षक देवनारायण यादवसमेत एमालेमा प्रवेश गर्नुभएको थियो