एमालेले दरो खुट्टा टेके संसोधन असफल ः परिवार दल

प्रकासित मिति: २५ पुष २०७३, सोमबार १५:२८

परिवार दलद्वारा जनसभा सफल बनाउन सहयोग गर्ने सबैमा धन्यबाद

काठमाडौं । नेपाल परिवार दलले पुस २२ गते प्रतिपक्षी ९ दलको आयोजनामा सम्पन्न बृहत जनसभालाई सफल बनाउन सहयोग पुया¥उने पार्टीका नेता, कार्यकर्ता, सुभेच्छुक, सुरक्षाकर्मी, संचारकर्मी तथा आमनागरिकलाई धन्यबाद ज्ञापन गरेको छ । सोमबार दलको केन्द्रिय कार्यालय काठमाडौँमा अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले जनसभाको समिक्षा गर्दै राष्ट्रियताको मुद्धामा उपत्यकाबासीले देखाएको ऐक्यबद्धताको उच्च सम्मान गर्दै गैर संबैधानिक र राष्ट्रहित बिपरितका प्रस्तावहरु असफल बनाउन हदै सम्म क्रियाशील भएर अघि बढ्ने निर्णय गरेको दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए ।
बैठकले जनसभा पूर्ण रुपमा सफल रहेको निष्कर्ष निकालेको दलका प्रदेश नम्बर ३ का संयोजक गणेश कुमार श्रेष्ठले दिए । बैठकमा बोल्दै दलका अध्यक्ष ढकालले सरकारले जर्बजस्ती संबिधान संशोधनको गैर संबैधानिक प्रस्ताब संसदमा पेश गरेर नेपाली जनतालाई धोका दिएको उल्लेख गर्दै बिदेशी रिझाउन ल्यायको प्रस्ताब एमालेले दरो खुट्टा टेके असफल बनाउन सकिने धारणा राखे पूवमन्त्री समेत रहेका ढकालले राष्ट्रिय समस्याको समाधान गर्न सरकारसंग नैतिक बल नभएको अनुभब गरेको भन्दै राष्ट्रिय सहमति बेगर संबिधान संशोधन गर्छु भन्ने सरकारको अडान तथ्यपरक नभएको टिप्पणी गरे । उनले अधिकाँस जनताको भावना प्रतिपक्षी दलहरुले प्रतिनिधित्व गरेकोले सरकारको अवस्था नाजुक र दहनिय रहेको उनको तर्क थियो ।
ढकालले परिवार दलले सत्तापक्ष, प्रतिपक्ष र मधेश केन्द्रित दलहरु बीचको विश्वाशको बाताबरण सहज बनाउन र सबैलाई राष्ट्रहित तथा जनहितमा केन्द्रित गरेर सहकार्य गराउन पहल गर्ने बताए । ढकालले सर्वोच्च अदालतले अख्तियार प्रमुखलाई अयोग्य घोषणा गरेपछि स्वाभाविक रुपमा केहि प्रश्नहरु उब्जिएको भन्दै उनलाई नियुक्तिको सिफारिस गर्नेहरुले पनि नैतिक जिम्बेवारी लिनुपर्ने बताए ।

Bhansar Bivag
Argakhachi Cement