काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलाी र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललेबीच मङलबार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका सहयोगी हिम बहादुर गुरुङले जानकारी दिए । “गैर संबैधानिक संबिधान संशोधनको प्रस्ताबलाइ असफल बनाउने र निर्बाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने बिषयमा दुवै नेताहरु एकमत हुनुहुन्छ“ भेटमा सहभागी परिवार दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए । छलफलमा अध्यक्ष ढकालले मधेश केन्द्रित दलहरुलाई पनि बिश्वाशमा लियर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गर्नु भएको थियो । सरकारले संविधान संशोधनको प्रस्ताब संसदमा पेश गरेपछि उत्पन्न राजनैतिक गतिरोधको उपयुक्त निकास खोज्न अध्यक्ष ढकाल पछिल्लो समय क्रियाशील छन् । केहि दिन अघि मात्र ढकालले संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवसंग छलफल गरेका थिए ।