एमाले नेता नेपाल र अध्यक्ष ढकालबीच भेटवार्ता

प्रकासित मिति: ७ माघ २०७३, शुक्रबार १४:२८

७ माघ, काठमाडौं । नेकपा एमालेका नेता तर्था पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालबीच शुक्रबार भेटबार्ता भएको छ । भेटमा पछिल्लो राजनैतिक अवस्था, निर्वाचन र संविधान संशोधन लगायत बिषयमा छलफल भएको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए । राष्ट्रियता माथि आइपरेको चुनौतिको सबै मिलेर सामना गरि देशलाई निकास दिनु पर्ने तर राष्ट्रहित बिपरितका कुनैपनि बिषयमा सम्झौता गर्न नसकिने भेटमा नेता नेपालले बताएको जानकारी श्रेष्ठले दिए ।
पूर्वमन्त्री समेत रहेका अध्यक्ष ढकालले निकासको लागि नयाँ शिराबाट सहमति खोज्नु पर्ने तथा मधेश केन्द्रित दलहरुलाई पनि बिश्वासमा लिने बाताबरण बनाउनु अत्याबश्यक रहेको बताएका थिए । अध्यक्ष ढकालल पछिल्लो समय बर्तमान राजनीतिक गतिरोधका अत्यको लागि पहल गरिरहेका छन् । उनले यस अधि एमालेका अध्यक्ष केपी ओली तथा संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पछि बर्तमान संकटको निकासका बारेमा छलफल गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement