“एल्बम”

प्रकासित मिति: २ कार्तिक २०७३, मंगलवार ०२:१५

अनिल पौडेल

पण्डित कृष्णले लामो सास फेरे र सोच्न लागे -” के यो ऋण कहिल्यै मेरो थाप्लोबाट हट्दैन ?”उनि गरीव थिए तर मनको भने सार्है धनी थिए । उनी चाहन्थे कि जसरि पनि गोपालमान र मदन सरको रूपैया फिर्ता गर्न सकुॅ । उनको लागि एक – एक पैसा एक – एक रूपैया बराबर थियो । आफ्नो पेट काटि काटि जब उनले 2-4 पैसा जम्मा गर्थे तब कुनै न कुनै कामबाट उनको पैसा खर्च हुन्थ्यो । जम्मा गरेको सबै पैसा सक्किन्थे ।

पण्डित कृष्णको मनमा काॅडाले घोचे जस्तो हुन्थ्यो । उनको त्यहि हालत हुन्थ्यो जो डुब्दै गरेको मानिसको हुन्छ । डुब्दै गरेको व्यक्ति जब हातखुट्टा  फैलाएर किनार सम्म त पुग्थ्यो तर हातले किनार समात्न खोज्दा किनारको बालुवा माटो मात्र उसको हातमा हुन्थ्यो र फेरी ऊ पानीमा डुब्न बाध्य हुन्थ्यो । त्यस समय उसको दसा कस्तो करूणामय , हृदयविधारक हुन्छ । त्यहि हालत पण्डित कृष्णको थियो ।

यसैगरि धेरै महिना विते । कृष्णले पैसा पैसा जोगाएर 2000 बनाए । उनले मदन सरलाई 5000 तिर्नु थियो । यो 2000 ले ऋण उत्रने दिन नजिक आए जस्तो उनलाई आभाष हुनथाल्यो । आशाले उनलाई धोका दिइरहेको थियो । एकाएक उनको कान्छो छोरा विरामी पर्यो । लगातार 4 महिना विरामी भएर मर्दा मर्दै बाॅच्यो । पैसा पैसा गरेर जोगाएको 2000 छोराको उपचार , ओखतिमुलो गर्दैमा सकियो । पण्डित कृष्णले थाप्लोमा हात राख्दै जिन्दगीलाई धिक्कार्न थाले । अब फेरि चारैतिर अन्धकारै अन्धकार छायो । त्यसमा प्रकासको अलिकती पनि किरण उसलाई देखा परेन । उनले फेरि लामो सास फेरे र मनमनै ऑफैलाई सोध्न थाले -“के तैले यो ऋण कहिल्यै चुक्ता गर्न सक्दैनस् ?” भगवानलाई भन्न थाले -” हे भगवान ! तिमीले मलाई त गरीव बनाएर यस धर्तीमा पठायौ तर म तिमीलाई यो भन्न चाहन्छु कि म जस्तो गरीवलाई यस धर्तीमा पठाउनु भन्दा संरचना नै नगरेको राम्रो ।”

मदन सर आफ्नो पुरोहित ( पण्डित कृष्ण ) को विवशता राम्रोसंग बुझ्दथे र चाॅहदैनथे कि उनले उनको ऋण फिर्ता ल्याएर देउन् । उनलाई त्यो पैसाको अलिकती पनि मोह थिएन । उनले यस विषयलाई लिएर न त उनिसंग कुरा गरेका थिए न त अप्रत्यक्ष रूपमा व्यक्त गरेका थिए । यस कुरादेखि मदन सर यति डराॅउथे कि मानौॅ मदन सरले नै कृष्णलाई ऋण चुक्ता गर्नुपर्नेछ ।

तर कृष्णको मनमा शान्ति थिएन । उनि सोच्दथे कि मदन सर कति भलादमी मान्छे हुन् । कहिल्यै आफ्नो पैसाको बारेमा कुरा पनि गर्दैनन् । तर उनले म संग पैसा माग्दैनन् त्यसको अर्थ यो होईन कि त्यो पैसा मैले नदिएपनि हुन्छ । मैले उनिसंग पैसा लिएको छु , मैले दिनै पर्छ ।त्यो मेरो धर्म हो ।

कृष्णले मदन सरको अगाडि शीर उठाउने हिम्मत समेत थिएन । उनलाई ऋणको बोझले उनको अगाडि शीर झुकाउने बनाएको थियो । यदि मदन सरले यस्तो सज्जनता नदेखाएको भए र कृष्णलाई यस बारेमा सॅधै नै करकर गरेको भए शायद यस्तो मानसिक कष्ट पर्दैनथियो होला । “” हामी अत्याचारको सामना शीर उठाएर गर्न सक्छौॅ तर सदाचार भएको मानिसको सामू ऑखा उठाउन सक्दैनौॅ ।””

एकदिन मदन सर कुनै काम विशेषले कृष्णको घर गए र उनको किताव राख्ने वाकसमा भएका कैॅयौॅ भाषाका पुस्तकहरू हेर्दै भने -” यो के हो पण्डित जी ?”
पण्डित कृष्णले खुट्टाको औॅलाले जमिन कोट्याउॅदै भने -” पुराना किताबहरू हुन् । ठूलो भाईलाई किताब पढ्ने ठूलो सौख थियो । ऊ प्रायः यस्ता किताबहरू किनेर ल्याउॅथ्यो । जब ऊ जिउॅदै थियो तब उसले यि किताबहरू कसैलाई छुन दिदैनथ्यो । अब त यि किताबहरू पनि पुराना भैसके , कति त किराले खाएका हुनाले फालि पनि सकेॅ ।”
“किताब किन्नेहरूलाई किन बेच्नुहुन्न ?”
” यसमा धेरै राम्रा राम्रा चित्रहरू छन् , जब कुनै बच्चा रून थाल्छ , तब यो चित्रहरू देखाएर उनिहरूलाई फुलाउने गर्छु । उनिहरूको ऑसु रोकिन्छ , यसैले कसैलाई पनि बेच्न सक्तिन ।”मदन सरले अघि बढेर भने -” खोइखोइ 2-4 वटा चित्र मलाई पनि देखाउनुस् त , हेरौॅ कस्ता चित्रहरू रहेछन् ।”
पण्डितजीले केहि किताबहरू निकालेर देखाए । हरेक किताबमा धेरै सुन्दर सुन्दर चित्रहरू थिए । मदन सरले केहि बेर वल्टाई पल्टाई हेरे । तुरून्तै उनको मनमा एउटा विचार आयो र भने -” पण्डितजी , यि चित्रहरू कला सौन्दर्यको अति उत्तम नमूना हो । केहि गरि कोहि सौखिन मानिसले मन परायो भने त 8-10 हजार मजाले कमाउन सकिन्छ ।”

पण्डितडीले लामो सास फेरे र भने -” यस्तो भाग्य भएको भए शायद यसरी धक्का खाॅदै हिड्नुपर्ने थिएन होला ।”
” एक काम गर्नुस् । आज दिनभरी बसेर यो पुस्तकहरूको जति पनि चित्रहरू छन् सबैलाई काटेर अलग गरिदिनुस् ।”
” ठिकै छ ।”
” जब सक्किन्छ तब मलाई खवर गर्नुस् ।”
” तपाॅई यसलाई के गर्नुहुन्छ ?”
”  म यिनिहरू सबै मिलाएर एउटा एल्बम बनाॅउछु र तपाॅईको तर्फबाट विज्ञापन दिन्छु । हुन सक्छ त्यो विज्ञापन कुनै शौखिन व्यक्तिको हातमा पर्नेछ र तपाॅईले 2-4 पैसा कमाउनु हुनेछ । चित्र धेरै राम्रो छ ।”पण्डितलाई यो आशा थिएन कि फलामको खानीमा पनि हीरा भेटिन्छ भनेर । घोर निरासाले उसको आशाको ढोका चारैतिरबाट बन्द भएका थिए । उनि त्यस्तो अभागी मानिसमा एक थिए जो संसारमा असफल र केवल असफल हुनलाई मात्र यस धर्तीमा जन्म लिन्छन् । सुनलाई हातले छुन्थे त त्यो माटो भैदिन्थ्यो । सिधा र राम्रो काम गर्दा पनि उल्टो भैदिन्थ्यो । उसलाई यो धारणा होईन पक्का विश्वास थियो कि यो प्रयत्न पनि अससल हुनेछ । तर पनि सरको आग्रहले दिनभरी बसेर चित्र काटे । न काममा लगनशिलता थियो , न हृदयमा खुशी र उमंग नै थियो । तर सरको कुरा उनले काट्न सकेनन् । वेलुकीपख काम सकिएपछि हेरे । 200 वटा एक से एक राम्रा चित्रहरू जम्मा भएका थिए । त्यो चित्रहरू हेरेर स्वयं आफै चकित परे ।

उनको मुहारमा आनन्दका रेखाहरू र मुस्कान झल्किन थाल्यो । जस्तै फेल हुने विश्वास गरेर आफ्नो गल्तिमा रोइसकेको विद्ध्यार्थि पास भएको खवर सुन्दा । उसमा भएको खुशी जस्तै पण्डितजीको मनमा पनि खुशीहरू नाच्न थाले । उनि उक्त चित्रहरूलाई यसरि हेर्दै थिए कि मानौॅ ति सबै चित्रहरू 100 -100 का नोट हुन् । उनि सफलता हात पर्ने विचारले प्रसन्न भैरहेका थिए । तर पनि खुशी धेरै टाढा थियो । मदन सरको आशा साॅच्चै नै पूरा हुन्छ भन्ने कुराले उनको मष्तिष्कमा घर बनाइसकेको थियो । उनि खुशिले नाच्न थाले ।

मदन सरले चित्रहरूलाई एल्बममा राखे र कुनै उच्चस्तरको समाचार पत्रमा विज्ञापन दिए । अब पण्डित हरसमय हुलाकिको प्रतिक्षा गरेर बस्न थाले । सधै सोच्दथे कि आज कुनै न कुनै चिठ्ठी मेरो नाममा अवश्य आउनेछ । दिन ढलेर सूर्य डाॅडाभित्र लुक्ने बेला भैसक्दा पनि सधैजसो हुलाकिले चिठ्ठी ल्याउॅदैनथ्यो । तैपनि भोलि त आउला नि भन्ने आश भने उनिसंग सधै हुन्थ्यो ।
यसैगरि एक महिना पनि बिते तर उनको नाममा कुनै पनि चिठ्ठी आएन । पण्डित विलकुल निराश भए तर पनि कहिलेकाहिॅ सफलताको विचार आॅउथ्यो । चकमन्न अॅध्यारोमा प्रकाशका किरणहरू देखा पर्थे । पण्डितजीले आश गर्न छोडेनन् या भनौॅ आशाले पण्डितजीलाई छाडेन । दिनहरू यसैगरि वितिरहे ।
आखिर एकदिन पण्डितजीको भाग्योदय भयो । काठमाडौंका एक सेठले पत्र लेखे -” एल्बम पठाइदेउ , केहि गरि मन पर्यो भने म त्यस एल्बम किन्नेछु । पैसाको कुनै चिन्ता नगर , चित्र भने राम्रो हुनुपर्यो ।”

पण्डितजी दौडेर मदन सरकोमा पुगे र उनलाई पत्र देखाउॅदै भने -” आखिर आज पत्र आइछाड्यो , एल्बम पठाइदिउॅ ?”
सरले पत्रलाई राम्ररी हेरे भने -” रजिष्टर गरेर पठाइदिनुस् । कुनै शौखिन मानिस जस्तो छ , किन्नेछ ।”
” पैसा ?”
” लेखिदिनुस् 10000 रूपैया भन्दा कममा यो बेच्ने छैन ।”

केहि दिनपछी पण्डितजीलाई जवाफ प्राप्त भयो । पण्डितजीको हातखुट्टा थरथर काम्न थाले । हातखुट्टा भन्दा पनि बढी उनको मुटु कामिरहेको थियो । उनले पत्र खोले । पत्र खोल्ने वित्तिकै उनि हेरेको हेर्यै भए । त्यहाॅ 1000 -1000 का दशवटा नोटहरू थिए । त्यस समय पण्डितजी बसिरहेका थिए । पैसा देख्ने बित्तिकै उनि जुरूक्क उठे र सोच्न थाले -” यदि 20000 लेखेको भए शायद त्यति नै मिल्ने थियो होला ।” यो विचारले उनको सबै खुशी  हरेर लग्यो । हलुवा मिठो थियो , स्वादिलो पनि थियो तर अन्तिममा खाॅदाखाॅदै ढुंगा फेला पर्यो र चपाइयो पनि । हलुवाको मिठास , स्वाद आधा मात्र भयो ।
साॅझपख उनि मदन सरको घर पुगे र 5000 रूपैया उनको अगाडि राखेर भने -” भगवानलाई धन्यबाद छ कि मलाई यो भारबाट छुट्कारा मिल्यो । तपाॅई आफ्नो रूपैया सम्हाल्नुस् । तपाॅईले जुन दया र सज्जनता देखाउनुभएको छ , त्यो म मर्नु अघिसम्म पनि भुल्ने छैन ।”
सरले सोधे -” के सेठले एल्बम किने ?”
” उनले किनेर त तपाॅईको कर्जा चुक्ता गर्न यति पैसा बोकर ल्याईरहेछु । नभए त म संग कहाॅबाट हुनु यत्तिका पैसा ।”
” म तपाॅईलाई पहिला पनि भन्न चाहन्थेॅ तर भन्नलाई संकोच मानिरहन्थेॅ कि तपाॅईको हृदयमा कुनै ठेस नलागोस् । तर अब मलाई यो डर छैन किनकी पैसा तपाॅईले मलाई दिदैहुनुहुन्छ । मेरो विचार यो छ कि यि पैसा तपाॅई आफैसंग राख्नुस् ।कुनै अप्ठ्यारो पर्दा काम आउनेछ । म तपाॅईको यजमान हुॅ । मेरो धर्मनै हो कि तपाॅईको सेवा गरूॅ । यदि मैले चार पैसा तपाॅईलाई सहयोग दिएॅ त के गजब भयो ?”

पण्डितजीको ऑखाबाट बरबर ऑशु खस्यो । रूमालले ऑशु पुछ्दै भने -” तपाॅई जस्तो सज्जन व्यक्ति शायद यस संसारमै छैनन् होला । भगवानले मेरो आयु पनि तपाॅईलाई देउन् । तर अब यो पैसा म फिर्ता भने ज्यान गए पनि लिने छैन । यत्तिका बर्ष एक शब्द पनि मलाई केहि भन्नु भएन , माग्नु समेत भएन । यो उपकार सानोतिनो होईन । मलाई ऋणबाट छुट्कारा दिनुहोस् । अन्यथा मरेपछि भगवानले मलाई आफ्नो शरणमा राख्ने छैनन् । वैकुण्ठमा म पापी नामले चिनिने छु । यो 5000 रूपैयाले म तपाॅईबाट मेरो हृदयको लागि शान्ती माग्न चाहन्छु ।”गरीव व्राम्हणको यत्रो उदारता देखेर र सच्चरित्रता देखेर मदन सरको मन मयूर नाचे झै नाच्न थाल्यो । उनले रूपैया लिए । मानिस रूपैया दिएर पनि यति प्रसन्न हुन्छ , यस्तो अनुभब उनले आज प्रथमपटक गर्ने सौभाग्य पाए । पण्डितजी हिॅडेपछी उनले आफ्नो ऑखा बन्द गरे र कुनै बिचारमा मग्न भए । यस समय उनको मुहारमे एक खास तेज थियो , जुन यस संसारका मानिसको मुहारमा बैरलै भेट्न सकिन्छ ।

छ महिना बित्यो ।

मदन सर विरामी परिरहेका थिए । यस्तो विरामी उनि कहिल्यै परेके थिएनन् । पण्डितजीले उनको लागि रातदिन भगवानसंग प्रार्थना गर्थे । उनि बैध्य थिएनन् , न कुनै डाक्टर थिए । उनि सिर्फ ब्राम्हण मात्र थिए । उनको औषधी भनेकै भगवानलाई खुशी पार्नु थियो । यो काम उनि आफ्नो आत्माको पुरै शक्ति , आफ्नो मनको पूरै श्रद्धाले गरिरहेका थिए । उनलाई औषधीमा भन्दा आशिर्वाद र प्रार्थनामा विश्वास थियो ।
एकदिन मदन सर खाटमा सुतिरहेका थिए । उनिसंग उनकि बुढी आमा उनको पहेॅलो मुख र दुर्बल शरीर देखेर आफ्नो ऑखाको ऑशु भित्रभित्रै पिइरहेकी थिईन् । केहि पर एक कुनामा उनकी श्रीमती औषधी बनाॅउदै ऑशु झारिरहेकी थिईन् । संगै रहेको पिर्कामा बसेर पण्डितजीले रोगीलाई श्रीमद्भागवतगीता सुनाईरहेका थिए ।
एकाएक मदन सर बेहोस भए ।
पण्डितजीले गीता पढ्न छाडेर सरको सिरानी नजिकै गएर बसे । श्रीमती तातो दूध लिन भान्सातिर दौडिईन् र आमा छोरा बेहोस भएको देखेर कराउन थालिन् । यसै समय मदन सरको सिरानीको केही तलबाट केहि चिजले घोचेजस्तो भयो । उनले बिछ्यौना भित्र हात घुसारेर उक्त चिजलाई बाहिर ताने तब उनको आश्चर्यको सिमा रहेन । त्यो कडा चिज त्यहि “एल्बम” थियो । जुन कुनै सेठले होईन , स्वयं मदन सरले नै किनेका रहेछन् । मदन सरले यो कुरा पण्डितजीलाई बताएका थिएनन् , न त थाहा पाउन् भन्ने चाहन्थे ।
पण्डितजी यस विचारबाट प्रसन्न थिए कि उनले मदन सरको ऋण चुक्ता गरेका थिए । तर यो कुरा थाहा पाउने बित्तिकै उनको हृदयमा चोट पुग्यो कि ऋण उनले तिरेका छैनन् । बरू पहिलेको भन्दा दोब्बर भएको छ । पहिला 5000 थियो अब 10000 भएको छ ।
उनले आफ्नो बेहोस यजमानसंग बसेर लामो सास फेर्दै सोचे -” के यो ऋणबाट मैले कहिल्यै छुट्कारा पाउने छैन ?”
केहि समय पछि मदन सरको होस आयो । उनले पण्डितजीको हातबाट एल्बम खोसे र विस्तारै भने -” यो एल्बम मैले काठमाडौॅबाट मगाएको हो ।”

पण्डितजी जान्दथे कि यजमान झुटो बोल्दैहुनुहुन्छ । तर उनले मदन सरलाई पहिलेको भन्दा उच्च दृष्टिले हेर्न थाले र धेरै उपकारी र धेरै माथिल्लो ओहदाको सम्झन थाले । उनले यो भन्न सकेनन् कि उनि झुटो बोल्दैछन् । पण्डितजीसंग यसो भन्ने हिम्मत समेत थिएन । उनले चूपचाप भगवानसंग प्रार्थना गर्न थाले कि -” मदन सरलाई चाॅडै नै निको पारिदेउ ।”

Bhansar Bivag
Argakhachi Cement