एशिया प्यासिफिक शिखर सम्मेलनबारे भ्रममा नपर्न सबै नेपालीमा अन्तरधार्मिक अगुवाहरुको आग्रह (हस्ताक्षर सहित )

प्रकासित मिति: ८ मंसिर २०७५, शनिबार १५:४८

काठमाण्डौ । शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपाललले यूनिभर्सल पीस फेडेसनले नेपाल सरकार, संघीय संसद, आइक्याप, आइएपीपी लगायत संघ संस्था लगायत सँगको सहकार्यमा काठमाण्डौंमा यही मंसीर १५ र १६ गते हुने एशिया प्यासिफिक शिखर सम्मेलनको पूर्ण सफलताको कामना कामना गरेको छ । केही संचार माध्यमहरुमा एशिया प्यासिफिक शिखर सम्मेलनका बारेमा प्रकाशित समाचारहरु प्रति हाम्रो ध्यानाकर्षण भएको जनाउदै अभियानले एशिया प्यासिफिक र विश्व स्तरमै शान्ति, भाइचारा, सहिष्णुता र विकास अभिवृद्धि गर्ने अभिप्रायले आयोजित सम्मेलनको बारेमा कुनै भ्रममा नपर्न आग्रह गर्दै सबै क्षेत्र र समुदायलाई सक्रिय रुपमा सहभागिहुन आग्रह गरेको छ ।
शनिबार काठमाण्डौमा भएको शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपालका अध्यक्ष प्रा. डा. मिलन रत्न शाक्यको अध्यक्षतामा बसेको बैठकमा प्रा. डा. नमन उपाध्याय (प्रतिनिधि जयन परिषद नेपाल), पंडित दामोदर गौतम (अध्यक्ष, विश्व हिन्दु महासंघ नेपाल), केशव प्रसाद चौलागाई (महासचिव, अन्तरधामिर्क परिषद नेपाल), सिद्धरत्न शाक्य (शाक्य फाउन्डेशन), योगि सिंहनाथ (हिन्दु अनुयायी), नियाज अहमद (भु.पु. मदरासा नेपाल), डा. नरेन्द्र पाण्डे (वाहाई संयोजक), धर्ममूर्ती भन्ते (उपाध्यक्ष, अखिल नेपाल भिक्षु महासंघ), दङ्गध्वज (बोयाहाङ्ग) (केन्द्रिय उपाध्यक्ष, किरत धर्म), राजकाजी श्रेष्ठ (सदस्य, शाक्य फाउन्डेसन), तीर्थमान शाक्य (सदस्य, शाक्य फाउन्डेसन), अमीरमान शाक्य (अध्यक्ष, शाक्य फाउन्डेसन), श्रीमती सृजनादेवी शाक्य (बौद्ध धर्म अनुयायी), पियारत्न महर्जन (महासचिव, आइ.ए.पि.डि. नेपाल), चिरिङ्ग शेर्पा (अध्यक्ष, ख्याम्पो गुम्बा) लगायतको सहभागिता भएको बैठकले एशिया प्यासिफिक शिखर सम्मेलनकाको बारेमा हुने कुनै प्रकारको हल्लाको पछि नलाग्न आग्रह गरेको आइ.ए.पि.डि. नेपालका महासचिव पियारत्न महर्जन जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement