एसईईको नतिजा सार्वजनिक

प्रकासित मिति: २ असार २०७४, शुक्रबार ०४:४१

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइ www.soce.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै  www.neb.gov.np नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।

Bhansar Bivag
Argakhachi Cement