ओखरपौवाका स्थानीयले स्थगित गरे विरोधका कार्यक्रम

प्रकासित मिति: २७ माघ २०७३, बिहीबार १३:४७

माघ २७, २०७३ विहीबार काठमाडौं महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्गको अध्यक्षतामा बसेको वार्तामा औखरपौवा डम्पिङ् साइट समन्वय संघर्ष समितिले विरोधका कार्यक्रम स्थगित गर्न सहमति जनाएको छ । वञ्चरे डाँडामा दीर्घकालीन ल्याण्डफिल साइट विकास गर्न आवश्यक तयारी गरी सञ्चालनमा ल्याउन, विद्यमान ल्याण्डफि साइटको व्यवस्थापनमा प्रभावकारिता वढाउन, प्रभावित क्षेत्रको विकास योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न काठमाडौं उपत्यकाभित्रका सवै नगरपालिकाहरुको सहभागिता रहने गरी ल्याण्डफिल साइट विकास तथाा व्यवस्थापन परियोजना सञ्चालनमा ल्याउन सम्बद्ध निकायमा आग्रह गर्ने सहमति भएपछि संघर्ष समितिले फागुन १ गतेबाट फोहोर बोक्ने सवारी प्रवेशमा रोक लगाउने विरोधको कार्यक्रम स्थगित गरेको हो ।

वैठकमा ल्याडफिल साइटको प्रत्यक्ष प्रभावित क्षेत्र निर्धारण गर्न नेपाल बिज्ञान प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई आग्रह गर्ने निर्णयसहित वार्ता सकिएको थियो ।

वार्तामा महानगरकातर्फबाट प्रमुखसहित वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख रविनमान श्रेष्ठ, महाशाखा प्रमुखहरु रविन्द्रकुमार राई र गंगाधर गौत्तम र संघर्ष समितिकातर्फबाट अध्यक्ष — विश्वाश डि. सी., उपाध्यक्ष — राममणि घिमिरे, सचिव राम ढुङ्गानासँगै सदस्यहरु नित्यराज ढुङ्गाना र पुष्कर ढुङ्गाना सहभागी हुनुहुन्थ्यो ।

Bhansar Bivag
Argakhachi Cement