बैकक । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आगामी पाँच बर्ष भित्रमा नेपालमा ठुलो आर्थिक क्रान्ति ल्याउने बताएका छन् ।
एसियन लिडरशिप सम्मेलन बैककमा बोल्दै ढकालले नेपालको सफल शान्ति प्रकृयाले विश्व मन्चमा ठुलो सन्देश दिए जस्तै अब तिब्र आर्थिक उन्नति गरेर विश्वलाई अचम्मित तुल्याउने बताए । ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने नयाँ सरकारले नेपालमा राष्ट्रियता र लोकतन्त्र बलियो बनाउदै संविधानको कार्यन्वयन मार्फत चिरस्थायी शान्ति तथा दिगो बिकासको लागि काम गर्ने स्पष्ट पारे । वाम प्रगतिशील गठबन्धनको नेता समेत रहेका ढकालले अब मुलुकमा राजनैतिक स्थिरता हुने बिश्वाश दिलाउदै ढुक्क भएर नेपालमा लगानी गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे । आइएपिपि एसिया प्यासिफिकद्वारा आयोजित सम्मेलनमा विभिन्न एशियाली देशका सांसदहरु, जनप्रतिनिधिहरु तथा नेतृत्वबर्गको उपस्थिथि रहेको कार्यक्रममा सहभागी परिवार दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए । ढकाल बैककको कार्यक्रम पश्चात आइक्यापद्वारा आयोजित सिल्क रोड सम्मेलनमा भागलिन तेहरान जाने कार्यक्रम रहेको रहेको छ ।