बैठकद्धारा पारित विशेष प्रस्तावहरु यस्ता छन
काठमाडौँ — नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गरिनुपर्नेमा जोड दिएको छ । महासंघको शनिबार ककनीमा सम्पन्न विस्तारित बैठकले १२ बुँदे घोषणापत्र जारी गर्दै समानुपातिक बिज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । यस्तै बैठकले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउन सरकारसँग माग गरेको छ । बढ्दो महँगीलाई ध्यान दिई पारिश्रमिक कम्तीमा पनि ३० हजार रुपैयाँ मासिक हुनुपर्ने औंल्याएको छ । घोषणापत्रमा सूचना विभागको परिचयपत्र भएका सञ्चारकर्मी र सञ्चालनमा रहेका सञ्चारगृहलाई निस्शुल्क इन्टरनेट सुविधा प्रदान गरिनुपर्ने, ‘एक सञ्चार गृह, एक सवारी साधन’ व्यवस्था गरी भन्सार छुट गरिनुपर्ने, साना लगानीका मिडियाको संरक्षण, प्रवर्द्धन तथा निरन्तरताका लागि विशेष योजना ल्याइनुपर्ने जस्ता माग रहेको शाखा अध्यक्ष शन्तराम विडारीले जानकारी दिए ।
‘खासगरी साना लगानीका सञ्चारमाध्यम र त्यहाँ कार्यरत पत्रकारको हितका लागि हामीले विभिन्न मागहरु राखेका छौं । त्यसलाई कार्यान्वयन गराउन दबाबमूलक कार्यक्रम समेतलाई निरन्तरता दिनेछौं’, विडारीले भने । पत्रकारहरुको ककनी घोषणापत्रमा समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गरिनुपर्ने, प्रेस काउन्सिलद्वारा गरिँदै आएको पत्रपत्रिकाको वर्गीकरण वैज्ञानिक, पारदर्शी र न्यायोचित हुनुपर्ने, पत्रकारहरुलाई हाल लागू गरिएको दुर्घटना विमालाई जीवन वीमामा परिणत गरिनुपर्नेलगायत माग छन् ।
ककनीलाई पर्यटकीय क्षेत्रका रूपमा प्रवद्र्धन गरिनु पर्ने
ककनी, नुवाकोट । नुवाकोटको ककनीलाई पर्यटकीय क्षेत्रका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाल ककनीमा आयोजना गरेको ‘ककनीको पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका’ विषयको अन्तरक्रियामा उहाँहरूले ककनीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा रामशरण महतले काठमाडौँदेखि २० मिनेटको दूरीमा रहेको ककनीको व्यापक प्रचारप्रसार नहुँदा पछाडि परेको भन्दै सबैले मिलेर ककनीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
“ककनीको जुन रूपमा विकास हुनुपर्ने थियो त्यो भएको छैन”–उहाँले भन्नुभयो–‘‘ककनी जस्तै नगरकोटले पर्यटकीय क्षेत्रमा फड्को मारेको छ । अब ककनीलाई नगरकोट, धुलिखेल जस्तै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्दछ ।” उहाँले निजी क्षेत्रलाई आकर्षित गरेर ककनीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । .ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि गाउँपालिकाले अग्रसरता गरिरहेको बताउनुभयो । उहाँले सडकको उचित विकास नहँुदा ककनीमा उल्लेख्य संख्यामा पर्यटक नआएको गुनासो गर्नुभयो । उहाँले ककनी–शिवपुर–नारायणथान सडक निर्माणको प्रक्रिया शुरु गर्ने, वसन्ती दरबारको पुनःनिर्माणलगागयत काम गरेर ककनीको विकासमा थप सहयोग पु¥याउन लागेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाई र काठमाडौँ शाखा अध्यक्ष शन्तराम विडारीले ककनीको पर्यटन प्रवद्र्धनका लागि सञ्चारकर्मीले कमल चलाउने बताउनुभयो ।
बैठकद्धारा पारित विशेष प्रस्तावहरु यस्ता छन
१, सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेश दिएर पनि अहिले सम्म कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याइयोस् ।
२, प्रेस काउन्सीलद्धारा गरिदै आएको पत्रपत्रिकाहरुको वर्गिकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गरियोस् । नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक बर्षमा नै प्रेस काउन्सीलको वर्गिकरणमा समावेस गर्ने व्यवस्था गरियोस् ।
३. साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताको लागि विशेष योजना ल्याइयोस् । समानुपातिक विज्ञापन प्रणाली लागु नभइन्जेलसम्मका लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाइनुका साथै अनलाइन मिडियालाई व्यवस्थित गराइ लोककल्याणकारी विज्ञापन वा आवश्यक सहुलियत प्रदान गरियोस् ।
४.सूचना विभागको परिचयपत्र भएका संचारकर्मी र संचालनमा रहेका संचारगृहलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुका साथै ‘एक संचारगृह, एक सवारी साधन’को व्यवस्था गरी भन्सार छुटको नीति ल्याइयोस् ।
५. श्रमजीवि पत्रकारको हित संरक्षण तथा प्रवद्र्धन गर्न श्रम समस्याको हल गरियोस् र बढ्दो महंगीलाई ध्यान राखी कम्तिामा श्रमजिवी पत्रकारहरुलाई प्रतिमहिना न्युनतम ३० हजार रुपैंया मासिक तलव व्यवस्था गरियोस् ।
६. सरकारले हाल पत्रकारहरुका लागि लागु गरेको दुर्घटना विमालाई जीवन विमामा परिणत गरियोस् ।
७. निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारहरुलाई जिवन निर्वाह भत्ता उपलव्ध गराइयोस् ।
८. सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुका लागि हरेक सरकारी तथा नीजी अस्पतालहरुमा उपचार गर्दा निशुल्क शैयाको व्यवस्था गरियोस् ।
९. साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्था गरियोस् ।
१०. समावेसी संचार नीति अन्तरगत महिला,आदिवासी, जनजाती,दलित, अपाङ्ग, सिमान्तकृत लगायत पिछडिएका समुदायको संचारमा पहुँच स्थापना गर्न आवश्यक नीति कार्यान्वयन ल्याइयोस् ।
११. राजधानी काठमाडौंबाट नजिकै रहेको पर्यटकीयक्षेत्र ककनीको पर्यटन विस्तारका लागि विशेष योजना ल्याइयोस र यस क्षेत्रमा आम सञ्चार सम्वन्धी आवाशीय तालिम केन्द्र निमार्णका लागि पहल गरियोस् ।
१२. देशकै सबभन्दा बढी सदस्य रहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखा स्थापनाको २५ बर्ष पुगेको उपलक्षमा भव्यताका साथ रजत जयन्ती मनाउने तयारी भइरहेको हुँदा सरकार तथा विभिन्न संघ संस्थाद्धारा आवश्यक सहयोग तथा पहल कदमीका लागि यो बैठक विशेष आव्हान गर्दछ ।