काठमाण्डौ । बिभिन्न क्षेत्रका ५ जना युवाहरुको लगानी दुई साता अगाडि अनामनगरमा खुलेको कचिलाज कट्टीरोलमःम एण्ड मोर फास्ट फुडमा पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईल बुधबार अवलोकन गरेका छन् । कट्टिरोल र मट्का कफी खाएका भट्टराईले परिका स्वादिष्ट र स्वस्थ भएको भन्दै प्रशंसा गरे । उनले युवाहरुले नै देशमा रचनात्मक काम गर्नु पर्नेमा जोड दिदै देश बिकास गर्ने हो भने युवाहरुले देशमा नै स्वरोजगार मुलक यस्ता ब्यबसाय तथा उधोग संञ्चालन गर्नु पर्ने बताए ।
यस्ता जागरुप युवाहरुलाई प्रोत्साहित गर्न सरकार पनि लाग्नुपर्ने भन्द भट्टराईले राम्रो कामको थालनी गर्नु भएकोमा संचालकहरुलाई बधाई तथा शुभकामना समेत दिएका थिए ।
एक दशकदेखि कचिलाज कट्टी रोल बिक्रि गदै आएको कचिलाजले पुल्चोक दमकल अगाडि, शंकरदेव क्याम्पस सँगै तेसा्रे शाखाको रुपमा अनमानगरमा नयाँ आउटलेट खोलेको हो । स्वास्थ तथा सफा र छिटो तयार गर्न सक्ने कट्टी रोलको माग दिनप्रतिदिन बढ्दै गईरहेको छ ।