कञ्चनपुर– ३मा डा भट्ट, प्रदेशसभा ‘क’ मा रावल र ‘ख’ मा सुनार विजयी

प्रकासित मिति: २६ मंसिर २०७४, मंगलवार ०२:२४

कञ्चनपुर, २६ मंसिर कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याउनुभएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२ हजार ८१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गर्नुभएको छ ।

सोही निर्वाचन क्षेत्रको (ख) प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकतटम प्रतिद्वन्द्वी काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गर्नुभएको छ ।

Bhansar Bivag
Argakhachi Cement