कञ्चनपूर घटनामा सरकारनै जिम्मेबार : नेपाल प्रहरीका पूर्व डिआईजी श्याम नेपालको विश्लेषण

प्रकासित मिति: २८ फाल्गुन २०७३, शनिबार १२:३१

सिपाही बिद्रोहमा जंगबहादुरले अग्रेजलाई सघाउदाँ निजलाई त ब्यत्तिगतरुपले राजनैतिक र आर्थिक फाईदा त धेरैनै भयो तर सिपाही बिद्रोहलाई साम्य पारेको खुशीयालीमा सुगौली सन्धीमा गुमेका मध्ये बाँके बदिया कैलाली कञ्चनपुर गरी चार जिल्ला अंग्रेजबाट कुटनैतिक बार्तागरी जंगबहादुरले नेपाल देशलाई नै फिर्ता गराउन सफल भए । यदपी हालका प्रधानमन्त्री दाहलले जंगबहादुरलाई (अंग्रजको कुता)भनि करिब अठार महिना पहिले संसदभवन भित्र भनेको ज्ञात छ । आजै त्यही नयाँ मुलुक भनिएको कञ्चनपुरमा ठूलो समस्या देखियो ।

हालैमात्र कञ्चनपुरमा नेपाली युवा गोबिन्द गौतमको भारतीय पक्षले हत्या गरेको घटेको घटनाबारे सबै नेपालीकोे ध्यान आकर्षित भएको छ । सबै नेपाली दुखित छन् यस घटनापछि यसको पुष्ठभूमि जान्नु आवश्यक छ । सन् १८१६मा सुगौली सन्धीहुदाँ नेपालले ठूलो भूभाग गुमाउनु प¥यो जो कुरा इतिहास पढेर मात्र थाहा पाउँन सकिन्छ ।
त्यसबेला भीमसेन थापा नेपालका मुख्तियार थिए । भीमसेन थापाका भाईका छोरीपटीबाट नाति जंङबहादुर राणा सत्तासिन भएको अवस्थामा भारतको लखनउमा सिपाही बिद्रोह अर्थात स्थानीय राजाहरुको सेनाबाट अंग्रेजको बिरुद्धमा ससस्त्र बिदोह गर्दा बिटिसको दिर्घकालीन शक्ति बुझेर सिपाहीहरुको दमनगरी अग्रेजहरुलाई खुशी पार्ने मनसायले अंग्रेजहरुलाई सहयोग गर्ने मनसाय ब्यक्त गरे ।
तर पनि अग्रेजले नेपालले थप केही षडयन्त्र गर्न खोजेको होकी भन्ने आंशकाले जंगबहादुरको सहयोग लिन स्वीकार गरेन् । कालान्तरमा सिपाही बिद्रोह चक्रिदै गयो र अग्रेजलाई भारतमा रहन नै अप्ठयारो अवस्था पर्ने भएकोले अग्रेजसित अझ मित्रता बढाउने मनशायले ठूलो संख्यामा सेना पठाउने उस्तै परे आफुपनि सहयोग गर्न आउने मनसाय सहित खबर पठाउदाँ अग्रेजले खुशी साथ सहयोग लिन मनसाय ग¥यो । र नेपालबाट सन् १८५७ ताका आफ्ना कान्छाभाई धिर शमशेरको अधिनमा छ हजार सेना गोरखपुर हुदै लगनाउ पठाईयो । यस कुराले सफलता भएको हुदाँ पुनह अरु सम्भाबित खतरालाई समेत साम्य पार्ने उदेश्यले जंगबहादुर राणा समेतले ठूलो संख्या सेना लिएर लखनउ गएको कुरा ईतिहास बताउँछ ।
सिपाही बिद्रोहमा जंगबहादुरले अग्रेजलाई सघाउदाँ निजलाई त ब्यत्तिगतरुपले राजनैतिक र आर्थिक फाईदा त धेरैनै भयो तर सिपाही बिद्रोहलाई साम्य पारेको खुशीयालीमा सुगौली सन्धीमा गुमेका मध्ये बाँके बदिया कैलाली कञ्चनपुर गरी चार जिल्ला अंग्रेजबाट कुटनैतिक बार्तागरी जंगबहादुरले नेपाल देशलाई नै फिर्ता गराउन सफल भए ।
यदपी हालका प्रधानमन्त्री दाहलले जंगबहादुरलाई (अंग्रजको कुता)भनि करिब अठार महिना पहिले संसदभवन भित्र भनेको ज्ञात छ । आजै त्यही नयाँ मुलुक भनिएको कञ्चनपुरमा ठूलो समस्या देखियो । लखनाउको सिपाही बिद्रोह साम्य भएपछि सेनापति धिर शम्शेलरे एक जना सुन्दरी पनि साथै ल्याएको र सोही सुन्दरीबाट जुद्ध शम्शेरको जन्म भएको र बहाँबाट नेपालमा चार जना सहिद १९९७ सालमा बन्न पुगे । त्यसताका अग्रेजहरुले भारत छोडनुपर्दा सुगौली सन्धीमा गुमेका नेपालको भुभाग नेपालमै थपीदिन्छु भन्दा जुद्धशम्शेरले आफनो शत्ता जाने डरले सो भुगाभ नलिएको कुरा ईतिहासमा उल्लेख छ ।
अव सिपाही बिद्रोह साम्य पारेर अग्रेज र जंगबहादुबीच सिमा सम्बन्धी बार्ता हुदाँ नयाँ मुलुक समेतलाई नेपालमा पारि सन् १९६० सालमा नेपाल भारत सिमा प्रष्ट हुने गरी नक्सा बनाईयो र जंङबहादुरले भाई रणादिप सिहलाई नेपाल भारत सिमा निधारण गर्ने जिम्मेबारी दिए । र रणोदिप सिहले सन् १८६०को नक्सालाई आधार मानेर (जंङे पिलर) नाम राखि बनाईयो जो अध्याबदिक जेङे पिलर भनि प्रख्यात छ ।
पुर्व डिआईजी नेपालले पनि नेपाल भारत सम्बन्धी सिमा बैठकमा भाग लिने गरेको र यसबारे मिठो नमिठो मिस्रीत अनुभव भएको हुदाँ केही कुरा प्रष्ट पार्न चाहान्छु । बि.स.१९६२को कुरा कञ्चनपुरकै हकमा यो समस्याको पूर्वअनुमान गरेर भारतपटीको जोनल कमिसनर जोनको आईजीपी सम्बन्धीत डियमहरु , प्रहरी अधिकारीहरु र नेपालको क्षेत्रीय डिआईजी आर्मी अफिसर , सिडीयो, र यो स्तम्बकार लगायतको प्रतिनिधी मण्डल भारतपटीको रानीखेत र नैनीतालमा पुगी दुई दिबसिय बैठक बसी एसएसबीका तत्कालीन डीआईजीले समेत सिमा बिबाद केही नभएको भनि प्रष्टाईएको अवस्था थियो । यसै कुरामा त्यसबेलाका श्यामभक्त थापा भन्ने आईजीपीले पुर्व डिआईर्जी तुरुन्त काठमाडौ झिकाएका थिए । सो काम अगाडि बढ्न पाएन । पछि बुभmदा उनी आफु महाकाली अंञ्चलका प्रहरी प्रमुख रहदाँ समस्या समाधान गर्न नसकेको भन्ने कुरा बुझियो ।
समस्या समाधानका लागि पुर्व डिआईजी नेपाले दिएको सुझाव
१. सन् १८६०को नक्सालाई हामीले मानेका छौ की छैनौ ?
२.ग्रेटर नेपालको अवधारणाबाट भारत शंशंकित छ त्यसबारे सरकारी तवरबाट यसबारे प्रष्ट पार्न जरुरी छ । स्मरण रहोस पुर्व डिआईजी लाई रानी खेत र नैनीतालको मिटिङमा गेटर नेपालबारे प्रश्न गरेका थिए र जवाफमा अनबिज्ञता देखाईएको थियो ।
३.जंङे पिलरलाई मानेको हो भने आफु भारतसित प्रष्ट रुपमा सिमाबारे बार्ता गर्ने ।
४. कालापानी भन्ने गाँउ सन् १९६० नक्सामा कतापटि देखिएको छ सत्तामा नबसेका बेला कालापानी, कालापानी भन्दै जंनतासित झुक्याउने भाषा नबोल्ने सत्तामा बसेका बेला जो हो त्यही भन्ने नेपालको भुभागको लागि तुरुन्त भारतलाई खाली गर्न कुटनितिक पहल गर्ने वा सम्बन्धीत अन्तराष्ट्रिय मञ्चमा कुरा पु¥याउने ।
५.नेपाली जनताले सिमाको मायागरी चासो लिएको राम्रो कुरा तर नेपालपटी कञ्चनपुरमा सम्बन्धीत ठाउमा सिमा हर्ने नेपाल सरकारको तलव खाने अधिकृतहरुको भूमिका चाहि कस्तो हुने ?
६. मुलतह एसएसबी भनेको सन् १९६२ भारत चिन लडाईपछि बनेको शत्ति हो । एसएसबीले चिन र पाकिस्तानलाई हेर्ने दृष्टीले सिमाबर्ती इलाकामा हेर्दछ यसबारे नेपालका सम्बन्धीत अधिकृतले सिमापारीका सम्बन्धीत अधिकृतसँग कुटनैतिक परिकारको बार्ता गरी सिमाबार प्रष्ट पार्ने ।
७. सिमापारी बार्ता गर्दा अझ माथिल्लो निकायलाई बार्तामा भाग लिन लगाउने जस्तै डिएम जुनल कमिसनर एवम् अरु उच्च अधिकारीहरु
खासगरी यीनै माथीका बुदाँका अतिरिक्त सिमा बिबाद बारे सरकारी निकायले सुबिधालिएर कदाबी बस्न मिल्दैन बरु स्थानीय बासीको सहयोगबाट सरकारी निकाय नै संम्लग्न हुनुपदर्छ । सिमा कति हो कहाँ हो भन्नेबारे जिम्मेबार सरकार नै जिम्मेबार हुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकारले प्रधानमन्त्री दाहाल सीत यसबारे टेलिफोन बार्ता गरे । तर दाहालका सल्लाहकारले भने नरेन्द्र मोदी सित चाहि यसबारे कुरा गरेको बाहिर आएन् । यसरी खेलखेलमा सरकार चलाउन उदेश्य बोकेको सरकार हुनपर्दछ ।
(पुर्व डिआईजी श्याम नेपालसँगको कुराकानीमा आधारित)

Bhansar Bivag
Argakhachi Cement