काठमाण्डौ । बिदेशमा रहेर नेपाली साहित्यको बिकासका क्रियाशिल रहेका अनेसासका निवर्तमान अध्यक्ष कथाकार पदम विश्वकर्माको कथा सङ्ग्रह तमसुक बिहीबार लोकार्पण गरिएको छ । प्रज्ञा भवनमा आयोजित कार्यक्रमा साहित्यकार माया ठकुरी तथा अनेसासका नेपाल च्याप्टर अध्यक्ष राधेश्यामा लेकालीले बिमोचन गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले शिखा बुक्स प्रा. लि.द्वारा प्रकासित सो कृति बजारमा ल्याएको हो । साहित्यकार माया ठकुरीले साहित्यकार पदम विश्वकर्माको कृतिले समाजमा रहेको दोयद चरित्रलाई उजागर गर्नु निकै सुन्दर पक्ष रहेको बताईन् ।अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले विगतमा अनेसासको दुई कार्यकाल सफल नेत्रीत्व समालिसकेका साहित्यकार पदम विश्वकर्माको कृतित्व र ब्यक्तित्व निकै गौरवशाली रहेको चर्चा गरे । कथा संग्रहकी समिक्षक ज्ञानु अधिकारीले तमसुकले मानव जीवनको विसम परिस्थितीलाई दर्शाएको बताउदै प्रविधी, पैसा र नशाले मानव जीवनमा पार्ने प्रभावका सन्दर्भमा मिहिन रुपमा प्रस्तुत गरेको बताईन ।
कथा संग्रहका लेखक पदम विश्वकर्माले आफ्नो लेखन यात्रालाई साथ र हौसला प्रदान गर्ने काम आफ्नो श्रीमती कमला विश्वकर्माको ठुलो देन रहेको बताउदै तमसुक पढदै जादा पात्रको जीवनमा आँफै प्रवेश गरेको आभाश मिल्ने दाबी पेश गरे ।