काठमाडौं । यहि जेठ १८ गते खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।बूढानीलकण्ठ नगरपालिकामा सक्रिय रहेको यूवा एकीकरण क्लबको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो ।“यूवा एकीकरण क्लबको प्रतिबद्धता, खेलकुदमा सबैको सहभागिता” भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी जेठ १८ गते आयोजना गरिने क्लबका अध्यक्ष बिष्णु प्रसाद भट्टराई ले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा बूढानीलकण्ठ भित्र रहेका विद्यालयका विद्यार्थीहरूले तिन किलोमिटर दौड स्पर्धामा प्रतिस्पर्धा हुनेछ उत्त प्रतिस्पर्धामा प्रथम द्वितीय तृतिय क्रमश ५०००र२५००र१५०० साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन।हाफ म्याराथनमा पहिलो हुने खेलाडीले ३० हजार पाउनेछ । त्यस्तै दोस्रोले १५ हजार, तेस्रोले १०हजार, हजार प्राप्त गर्नेछन् ।
कार्यक्रम सहयोगी बूढानीलकण्ठ नगरपालिका र सिभम्म सिमेन्ट रहेको र कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित ह्यान्डबल खेलमैदानमा बिहान ६ बजेबाट हुने संस्थाका सचिव ढुंगानाले बताए ।