कमला नदीमा प्रत्येक बर्ष उत्रायणी मेला

प्रकासित मिति: ७ मंसिर २०७५, शुक्रबार १६:४९

धनुषा । कार्तिक पूर्णिमाको दिन धनुषा, सिराहा र उदयपुर जिल्लाको संगम रहेको कमला नदीको उत्रायणी घाटमा प्रत्येक वर्ष लाग्ने गर्दछ । यो मेला परापूर्वकालदेखिनै लाग्दै आएको किंवदन्ती रहेको छ । यस मेलामा आई कमला नदीमा नुहाई पुजाआजा गरेमा आ(आफ्नो मनोकामना पूरा हुने विश्वास रहेको छ । यस मेलामा स्थानीयको उल्लेख्य उपस्थिति रहने र आसपासका छिमेकी जिल्लाहरु सहित विभिन्न जिल्लाहरुबाट लाखौँलाखको संख्यामा भक्तजनहरु आउने गर्दछन् । भक्तजनहरु यस मेलामा आई नुवाइधुवाई गरेर पूजाआजा गर्छन् । भक्तहरु खेल्छन् र किनमेल गर्छन् । खेलखेलौना खेल्नुका साथै आफूलाई मनपर्ने कपडा किन्छन् । मिठोमिठो खान्छन् र भरपुर मनोरञ्जन गर्छन् । दक्षिणबाट उत्तरतर्फ कमला नदी बगेको हुनाले यस मेलाको नाम उत्रायणी भएको हो । सम्भवतः नेपालमै दक्षिणबाट उत्तरतर्फ बगेको नदी यो कमला नदी भएको धेरैको विश्वास छ ।
प्रस्तुति : रितबहादुर श्रेष्ठ कृष्ण

Bhansar Bivag
Argakhachi Cement