कलर्सले ल्यायो अगाडि २ क्यामेरा भएको फोन एस ११

प्रकासित मिति: २८ पुष २०७४, शुक्रबार १३:५७

२८ पुस, काठमाडौं । कलर्स मोबाइलले आफ्नो एस सिरिज समूहअन्तर्गत एक नयाँ ढाँचाको नवीनतम् मोबाइलफोन एस ११ लाई सार्वजनिक गरेको छ । एस ११कलर्स मोबाइलको एस सिरिजमा आएको एक त्यस्तो अत्याधुनिक नवीन फोन हो, जसमा मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान गरिएको छ ।

मिडिया टेक इन्कर्पोरेटेडका ९एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्ट० तर्फको उपमहाप्रबन्धक आर्थर वाङ र टेलिटक निर्देशक प्रतिक जालान र दराज केमू प्रालिका प्रबन्ध निर्देशक राजीव अमात्यसँग संयुक्त रुपमा उक्त नयाँ मोबाइल फोन सार्वजनिक गरे ।

प्रस्तुत नयाँ स्मार्टफोन प्रभावशाली दोहोरो क्यामराका साथ उपलब्ध छ भनें विशेषतः यो फोन जसको खास अधिकतम बजार मुल्य रु।१६,४९५ रहेको भएता पनि २४ प्रतिशत छुटका साथ दराज डट कम डट एनपिका लागि विशेष मुल्य रु।१२,४९५ कायम गरिएको छ ।

यसका साथै ग्राहकले १२०० एमबिएनसेल डाटा एवं दराजमा अर्को पटकको खरीदमा २५० रुपैयाँ छुटको गिफ्ट भाउचर पनि सित्तैंमा पाउनु हुनेछ । कलर्स मोबाइलले यस प्रकारले स्मार्टफोनलाई बजारमा पेश गरेको हालसम्म कै यो पहिलो अवसर हो ।

फोनमा ८ मेगापिक्सल क्षमताको दुई क्यामरा अगाडी रहेका छन् भनें ८ मेगापिक्सलकै एक क्यामरा पछाडी भगमा रहेको छ । यो फोन ती पलहरुका लागि विश्वसनीय छ जब एकले सेल्फीमा हरेकलाई समेट्न चाहन्छ वा पृष्ठभूमिको सुन्दर दृश्यहरुलाई कैद गर्न चाहन्छ । अर्कोलाई प्रभावशाली एस ११ सँग चिडचिडाउनु पर्ने छैन ।

Bhansar Bivag
Argakhachi Cement