रामबाबु रानामगर
भक्तपुर, ११ वर्षदेखि रोकिएको मध्यपुर थिमीको ज्रिब्रोछेड्ने जात्रामा बुधबार साँझ ज्रिब्रो छेडाएका वीरेन्द्रभक्त गजु श्रेष्ठले आफ्नो कला र संस्कृतिको जर्गेना गरेका छन् ।
मध्यपुर थिमी नगरपालिका –५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले आफ्नो कला र संस्कृतिको जर्गेना गर्दै ११ वर्षपछि बुधबार साँझ ७ः३० बजे ज्रिब्रो छेडेर उक्त जात्रालाई निरन्तरता दिएका थिए । मध्यपुर थिमी नगरपालिका दुईपोखरीमा इन्द्रजात्राको भोलिपल्ट हुने यन्यापुन्हीया मेप्वा जात्राअन्र्तगत बुधबार वीरेन्द्रभक्त पहिलो पटक ज्रिब्रो छेडाएका हुन् ।
२०६३ सालमा कृष्णबहादुर नवौग्रह श्रेष्ठले ज्रिब्रो छेडाएपछि उक्त जात्रा रोकिएको थियो । ११ वर्षसम्म जात्रा रोकिँदा पनि ज्रिब्रो छेडाउन कोही अगाडी नबढेपछि वीरेन्द्र आफै यसवर्ष पनि ज्रिब्रो छेडाउन अघि बढेका हुन । उनलाई यसवर्ष पनि स्थानीयले राम्रै साथ र सहयोग दिएका थिए । स्थानीय दिगु भैरव मन्दिर सामुन्ने रहको दबुमा हजारौ जनसमुदायको सामुन्ने सानोठिमीका कर्मी नाइके बाबुकाजी श्रेष्ठले वीरेन्द्रको ज्रिब्रो छेडेका हुन् । याँ मता सहित आएका कर्मी नाइके श्रेष्ठले एक डेढ महिना अघि नै तयार गरेको करिब एक फिट लामो सुईरोलाई शुद्ध तोरीको तेलमा डुबाएर राखिन्छ । उक्त सुइरो बनाउँदा तेलमा डुबाई डुबाई बनाइन्छ । भने उक्त तीन वटा चुच्चो भएको सुईरोले वीरेन्द्रको ज्रिब्रो छेड्दा दबुमा उपस्थित नायो पमा श्यामकाजी श्रेष्ठ, कान्छा नाइके मुकुन्दलाल श्रेष्ठ लगायत जात्रालुहरुले दिँगुभैरव परिसरमा वीरेन्द्रको जयजयकारको ध्वनिले उक्त वातावरणलाई गुञ्जायमान बनाएको थियो ।
ज्रिब्रो छेडाईसकेपछि वीरेन्द्रले धनुषाकार महाद्विप काँधमा बोकेर मध्यपुर थिमी नगरक्षेत्र परिक्रमा गरेका थिए । उनलाई बाटोमा कुनै बाधा ब्यवधान नहोस् भनी स्थानीय युवाहरुले हरियो निगालो चिरेर पिटपिटे बाजा बजाएर र एकआपसमा हात समातेर मानव साङ्लो बनाएर अघिपछि लागेका थिए ।
मध्यपुर थिमी नगर परिक्रमापछि बालकुमारी मन्दिर पुगेका वीरेन्द्रको ज्रिब्रो छेडिएको सुइरो निकालिएको थियो । सुइरो पुजागरी त्यहीको खम्बामा ठोक्ने परम्परा रहेको छ । र निकालेपछि घाउ भएको ज्रिब्रोमा बालकुमारी मन्दिरभित्रको माटोसँगै चिनी एकमात्रा खुवाइएको नायो पमा श्यामकाजी श्रेष्ठले बताए ।
‘सुइरोले घाउ भएको ज्रिब्रोको औषधी नै बालकुमारी मन्दिरभित्रको माटो र एकमात्रा चिनी हो’ , उनले थपे ‘यसो गर्दा ज्रिब्रोबाट रगत निस्कन पाउँदैन र घाऊ पनि चाँडै पुरिन्छ ।’
१७ जनाले छेडेका छन् जिब्रो
राजदरबारको प्रतिक जुजुया चिँ (राजदण्ड) बोक्ने नायो पमा श्रेष्ठका अनुसार उक्त जात्रामा एकजनाले मात्र ज्रिब्रो छेड्ने भन्ने छैन । उक्त जात्रा अन्तर्गत १७ जना सम्मले ज्रिब्रो छेडाएको उनी बताउँछन् ।
‘हाम्रा बाबुबाजेले बताए अनुसार यस जात्रामा एकैपटक सत्रजनासम्मले ज्रिब्रो छेडाएका छन्’ ,पमा नाइके श्रेष्ठले भने ,‘ बालकुमारी मन्दिरमा ठोकिएको सुइरो गन्दा पनि यो पुष्टि हुन्छ । ’
उनका अनुसार ज्रिब्रो छेडिएको सुइरो बालकुमारी मन्दिरमा ठाकिन्छ । जसअनुसार एकै ठाउँमा १७ वटा र अर्को ठाउँमा ५ वटा सुइरो एकै ठाउँमा ठोकिएको छ ।
ज्रिब्रो छेड्ने मानिस पशुपतिसम्म पुगे
नायो पमा श्रेष्ठका अनुसार २००४ सालमा ज्रिब्रो छेड्ने व्यक्ति काठमाण्डौंको पशुपतिनाथ सम्म हिँडेर पुगेका थिए । उक्त जात्रामा ज्रिब्रो छेड्ने मानिसले आफुलाई मनपरेको ठाउँमा जान पाउँछन् ।
उनलाई कसैले रोकतोक गर्दैन’, कान्छा नाइके श्रेष्ठले भने , २००४ सालमा ज्रिब्रो छेड्ने व्यक्ति हिँडेरै पशुपति पुगे । २०२६ सालमा ज्रिब्रो छेडाउन भक्तपुरकै चाँगुनारायण पुगेका थिए । अरु भने मध्यपुर थिमिका विभिन्न देवदेवीका मन्दिर मात्रै घुम्ने गरेका छन् ।
कान्छा प्रधान श्रेष्ठका अनुसार पहिले राजदरबारबाट संञ्चालन हुने उक्त जात्रा प्रजातन्त्र आएपछि रोकिएको थियो । जस अनुसार २०२६ सालपछि २०५३ सालमा मात्रै जात्रा हुन सकेको थियो । त्यसपछि २०५९ सालमा आएर पुन रोकिएको थियोे । २०२६, २०५३ र २०५९ सालमा कृष्णनानी श्रेष्ठले ज्रिब्रो छेडाएका कान्छा प्रधान श्रेष्ठले बताँए ।
यस वर्षको जात्रा व्यवस्थित एवं मर्यादित ढंगले संञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समितिसमेत गठन गरिएको थियो ।
समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले परापूर्व कालमा थिमिका वासिन्दालाई भुतप्रेत , ख्याकहरुल दिने दुःखबाट छुटकारा दिलाउन थिमीका आराध्यदेवी बालकुमारीको साधना गरेपश्चात बालकुमारीबाट भाद्र शुक्ल पूर्णिमाको दिन एक व्यक्तिलाई समातेर सुइरोले ज्रिब्रो छेडेर नगर परिक्रमा गराउन आदेश भएअनुसार जात्रा शुरु भएको बताए । उनका अनुसार जात्राको लागि करिब डेढ महिना अगाडी देखि नै तयारी गरिन्छ ।