ललित ध्वज खड्का
मुलुकको राजनीति यति बेला निकै तातेको छ । गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी वोकेका प्रधानमन्त्री देउवाले चुनाव गराउँदैनन कि भन्ने विपक्षीको शंकालाई चिर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराएर आफ्नो छवि अझ उच्च् बनाउँन सफल प्रम देउवा पक्कैपनि धन्यवादको पात्र हो । एकातर्फ लोकतान्त्रिक गठबन्धन अको तर्फ वाम गठबन्धनवीच भएको सम्पन्न निर्वाचनमा आफ्नो महापराजयलाइ समेत स्वीकार्दै जसरी काँग्रेसले नेतृत्वको सरकारले धाधलीरहित निर्वाचन सम्पन्न गर्नु र धाधलीको दोषारोपनबाट मुक्त रहन सक्नु सरकारको अर्को विशेषता सावित गर्न पनि उहाँ सफल हुनु भएको छ ।
यद्यपी निर्वाचन सम्पन्न भएयता एमाले अध्यक्ष केपी ओली र माके अध्यक्ष प्रचण्डलाई राजनीतको चलाख र चतुर खेलाडीको रूपमा हेर्न थालिएको छ भने कांगेस सभापति शेर बहादुर देउवालाई असफल र भिजन नभएको नेताको पगरी लगाउँने परिपञ्च पनि चल्दै छ । ओरालो लागेको मृगलार्इ बाछोले नि खेद्छ भने झै यस पटक देउवा घेराबन्दीमा परेका छन । यसवीचमा जनताको मनोभावना बुझ्न सक्ने खुबी र जनतामाझ सपना र आशा बाड्न माहिर एमाले अध्यक्ष ओली र राजनीतिक यात्रा नै धरापमा परेको बेला रुखको हांगा छोडेर बलियो लट्ठा समाए र गिरिसकेको साख पुन स्थापित गर्न सफल राजनितीका चतुर खेलाडी प्रचण्डको अगाडि निर्वाचन गराउँन नसक्ने निर्वाचन भाड्न आफै लागि परेका जस्ता अनेकन आरोपलाइ समुल अन्तय गर्दै सफल छवी बनाउँदा बनाउँदै पनि काँग्रेस सभापति समेत रहेका प्रम देउवा असफल नै हुन भनी राजनीतिक पार्टी पंक्तिमा चर्को आवाज उठेको छ ।
यहाँसम्मकी कोइराला विरासतबाट राजनीति सिकेका देउवाले नत गिरिजा प्रसादको व्यक्तित्व र राजनीतिक सोच नत गणेशमानको जस्तो अडान र दृढ विचार र नत कृष्ण प्रसादको जस्तो सिद्धान्त र दर्शन झल्काउँन नसक्नु र सीमित कायकर्ता र पत्नीको योजनामा हिडेकै कारण कांग्रेस आजको अवस्थामा पुगेको विश्लेषण समेत गरिन थालेको छ । यद्यपी अवको महत्वपूर्ण सवाल भनेको यि र यस्ता अनेकन विश्लेषण र तमाम जिज्ञासाकावीच स्थिती जे जस्तोनै भएपनि कांग्रेसले सुध्रने अवसर पाएको छ । यहि मेसोमा काँग्रेसले जनभावना बुझेर जनताको सेवामा समर्पित हुन आवश्यक छ। साथै काँग्रेसको विरासत दोश्रो पुस्तालाई सुम्पेर सभापति देउवा लगायतका शिर्ष नेतृत्व अव संरक्षकका रुपमा रहनुमानै काँग्रेसको लागि सुरक्षित अवतरणको मार्ग हो । पचासवर्ष पछि पहिलो पटक कम्यूनिस्टलाई जनताले बहुमत दिएका छन । वाम गठबन्धनलाई अवसर र चुनौती दुवै छन। जनता सामु गरेका बाचा पूरा गरे जनताको साथ पाइरहने छन नत्र कांग्रेसकै अवस्थामा पुरयाई दिन्छन । जनता नै सर्वेसर्वा हुन भन्ने हेक्का सबै राजनीतिक दललाइ रहोस ।