काठमाडाँै उपत्यकासहित पहाडी जिल्लामा फागु

प्रकासित मिति: २९ फाल्गुन २०७३, आईतवार ११:३४

काठमाडाँै, २९ फागुन । काठमाडाँै उपत्यकासहित पहाडी जिल्लामा आज फागुपूर्णिमा पर्व मनाइँदै छ ।

यहाँ बिहानदेखि आफन्त, साथीभाइ र परिवारमा एक अर्कालाई रङ लगाएर फागु मनाउँदै गरिएको छ । होलीका अवसरमा विभिन्न समूह बनाई मानिसहरु आफन्तकहाँ गई रातो, पहेँलो, नीलो रङ एकापसमा लगाउने गर्छन् ।
आपसी एकता र भाइचाराका रुपमा खेलिने होलीपर्व विशेष गरी काठमाडौँको वसन्तपुर र ठमेलमा विशेष कार्यक्रम गरी मनाइँदैछ ।

वसन्तपुरमा नाचगानसहित र ठमेलमा पर्यटकहरु सहितले नेपालीसँग होली खेलेका छन् । महानगरीय प्रहरी परिसरका काठमाडाँैका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले शान्तिपूर्ण रुपमा होली पर्व मनाइरहेको जानकारी गराउनुभयो ।
उहाँका अनुसार होलीमा अप्रिय घटना हुन नदिनका लागि ठूलो मात्रामा काठमाडौँका विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको छ ।
अहिलेसम्म होलीमा अमानवीय व्यवहार गर्ने र जबर्जस्ती रङ दल्ने एक सय ३२ जनालाई काठमाडौँका विभिन्न ठाउँबाट नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । उहाँका अनुसार होली पर्व मनाउन ट्राफिक नियम उल्लङ्घन गर्दै हिँडेका पाँच सयभन्दा बढी सवारी साधानलाई पनि कारबाही गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement