काठमाडौंको योजना छनौट अरुकोभन्दा पृथक मतदाताकालािग कार्यक्रम ल्याएर नपुग्ने

प्रकासित मिति: ३० श्रावण २०७४, सोमबार ०७:५०

३० श्रावण २०७४ काठमाडौं पूर्वाधार विकासलागि होस् या सामाजिक उत्थानकालागि, योजना गर्जुमा गर्दा महानगरले मतदाताको संख्या हेरेर मात्र पुग्ने अवस्था छैन । काठमाडौंमा आवतजावत गर्नेदेखि अस्थायी बसोबास गर्नेसम्मको तथ्याङ्कक एकिन हुन नसकेसकेपछि आवश्यकतामा आधारित काम गर्न पाइ कठिन छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । आइतबार काठमाडौंमा सुकुम्बासी तथा अव्यवस्थित समुदायका महिलाहरुको दशौं सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रमुख शाक्यले राजधानी सहर व्यवस्थापनको पक्ष उल्लेख गर्दै यस्तो बताउनु भएको हो । सहरमा गरीवको संख्या उल्लेखनीय छ, त्यससँगै सुकुम्बासी तथा अव्यवस्थित क्षेत्रमा मानव विकासको अवस्था पनि जोखिमपूर्ण छ । यसको व्यवस्थापनसँग जोडिएका कानूनी, सामाजिक तथा आर्थिक पक्षमा बोल्दै प्रमुख शाक्यले नागरिकका चाहना क्रमश पूरा गर्दै लगिने बताउनु भयो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आइसकेपछि अव्यवस्थित बस्तीमा बसोबास गरिरहेको मानिसहरुमा आशा पलाएको छ, कार्यक्रममा बोल्ने क्रममा महिला एकता समाजकी अध्यक्ष विमला कोइरालाको भनाइ थियो । नेपालमा सुकुम्बासी तथा अव्यवस्थित बस्तीको समस्या समाधान सरकारकालागि कठिन कामका रुपमा देखिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रकै मात्र कुरा गर्ने हो भने यहाँ १५ वटाभन्दा बढी घर भएका बस्तीको संख्या ४८ वटा छ भने त्यसभन्दा कम घर भएका ११ वटा बस्ती छन् । काठमाडौंको सिनामंगल क्षेत्रमा सबैभन्दा बढी ७०० घर र त्यसपछि चावहिल गोपीकृष्ण नजिक १८८ वटा घर छन् । यी घरमा कति परिवार र कति मानिस बस्छन्? ती मानिसहरु कसरी गुजारा गर्छन्? यो विषय आम सरोकारको विषय बन्दै गएको छ । यस्ता बस्तीको व्यवस्थापनका क्षेत्रमा पछिल्ला केही बर्षमा काम भइरहेको छन् । यस पटकको सम्मेलनले विकासको मूल प्रवाहमा आफ्नो सहभागिता पहूँच बढाउने, आत्मसम्मान तथा पहिचान कायम गराउन दवाव सृजना गर्ने, स्थानीय तहसँग रणनीतिक सहकार्य गर्ने जस्ता मुद्दालाई अघि सारेको छ ।

Bhansar Bivag
Argakhachi Cement