काठमाडौंमा महिनामा ११५ चोर समातिए

प्रकासित मिति: १५ माघ २०७५, मंगलवार ०२:५७

काठमाडौं। प्रहरीले एक महिनाभित्र काठमाडौं उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । उनीहरू पनि विगत केही वर्षदेखि चोरी धन्दामा सक्रिय थिए । परिसर प्रमुख एसएसपी वसन्त लामाले पाकेटमारपछि चोरीमा संलग्नविरुद्ध प्रहरीले विशेष अपरेसन चलाएको बताए ।

Bhansar Bivag
Argakhachi Cement