कानूनमन्त्रीसँग ३० तोला सुन र ७० लाख ऋण

प्रकासित मिति: ५ चैत्र २०७४, सोमबार १६:१०

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग काठमाडौँ, पुरानो बानेश्वरमा छ आना दुई पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना तीन पैसा दुई दाम जग्गा छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, पत्नीका नाममा मोरङमा सात कित्ता जग्गा र पत्नीका नाममा खोटाङमा जग्गा भएको जानकारी दिनुभयो ।
उहाँसँग ३० तोला सुन र विभिन्न संस्थाको रु १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग रु ४० लाख र अन्य बैंकसँग रु ३० लाख ऋण छ । उहाँकी पत्नी राई प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँका एक एक गाडी र मोटरसाइकल तथा दुई थान ल्यापटप छन् । मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री हुनुुभएको छ ।

Bhansar Bivag
Argakhachi Cement