कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

प्रकासित मिति: ३१ असार २०७९, शुक्रबार ०२:०१

काठमाडौ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो ।“यसअघि हुँदै आएको अनुुगमनलाई निरन्तरता दिँदै आएका छौँ, अबको मुुख्य अनुुगमन मुुहान सफाइमा केन्द्रित गर्ने तयारी गरेका छौँ । मुहानमा धेरै बेथिति रहेकाले यसको पूरै सफा गर्न समय लाग्छ तर सुुरुआत गरेका छौँ,” विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Bhansar Bivag
Argakhachi Cement