कास्कीको भाचोकमा बस दुर्घटना एकको मृत्यु, १४ घाइते

प्रकासित मिति: ७ पुष २०७४, शुक्रबार १६:३१

पोखरा, ७ पुस । कास्कीको मादी गाउँ पालिकाको भाचोकमा साँझ बस दुर्घटना भएको छ । पोखराबाट मादी गाउँपालिकाको भाचोक मकैखोलातर्फ जाँदै गरेको ना३ख ७४३६ न को बस सडक भासिएर बाटोबाट करीब ४० मीटर तल खस्दा १ जना महिलाको मृत्यु भएको छ भने १४ जना यात्रुहरु घाईते भएका छन् ।
मृतक मादी ९ की ४० बर्षिय पद्मा नेपाली भएको स्थानीयले जानकारी दिएका छन। घट्ना स्थलमा स्थानीयले घाइतेहरुको उद्धार गरिरहेका छन।घटनास्थलतर्फ प्रहरी जादैछ । घटनाको पुर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Bhansar Bivag
Argakhachi Cement