काठमाडौं — बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो । फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग स् द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागि हुने ओडीसीका प्रवन्ध निर्देशक तथा पर्यटन व्यवसायि सिमान्त गुरूङले जानकारी दिए ।
सीमान्तका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् । सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटल, शुरक्षा लगायतका विषयबारे बुझ्न नेपाल आउँदै छन् । कन्सर्टमा ५० हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ ।
शोको टिकट मुल्य ३ हजार देखि १० हजार रुपैया सम्म तोकिएको छ । दिउसो १२ बजेबाट गेट खोलिने र साँझ साढे ६ बजे सलमान स्टेजमा आउने कार्यक्रम आयोजकले राखेको छ ।उनलाई फागुन २७ गते विहान पशुपति मन्दिर र हेलिकोप्टर चार्टर गरेर शिखर सगरमाथाको भ्रमण गराउने तयारी गरिएको छ । यसभन्दा अघि सलमान खान सन् १९९४ मा नेपाल आएका थिए ।