काठमाडौँ–देशमा नयाँ संविधान अनुसार सङ्घीय प्रणाली कार्यान्वयनमा आए पनि स्थानीय तह भने कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न सकेको छैन ।
स्थानीय तहमा कर्मचारीका लागि आकर्षण नहुँदा कर्मचारी समायोजन कार्य समेत अन्योलमा परेको छ ।
सङ्घमा कार्यरत कर्मचारीहरू पहुँचवालाका आसपासमा घुम्ने, यातायात पारवाहन सुविधा पाउने, अध्ययन र भ्रमणको पर्याप्त अवसरमा हुने तर स्थानीय तहमा कार्यरत कर्मचारीहरूती सेवाबाट वञ्चित हुनुपर्ने भयले कर्मचारीहरू स्थानीय तहमा जान नमानेको कतिपयको बुझाइ छ ।
सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास छिट्टो हुने कानुनी व्यवस्था गर्नेपर्ने, सङ्घ र प्रदेशमा कार्यरत कर्मचारी भन्दा स्थानीय तहमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित भत्ता ९इन्सेन्टिप० को व्यवस्था गर्नुपर्ने स्थानीय तहमा छोटो अवधि काम गरेपछि स्वतः बढुवा हुने र बढुवा भएपछि ती कर्मचारी सङ्घमा आउन पाउने व्यवस्था हुने हो भने स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द बन्नसक्ने तर्क कतिपय कर्मचारीहरूको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।