किन डा.उपेन्द्र देवकोटा बाबुरामप्रति आक्रमक ?

प्रकासित मिति: ३० कार्तिक २०७४, बिहीबार ०५:१३

गोरखा । बाम गठबन्धनले आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्न माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै गोरखा पालुङटारमा पुगेका डा. उपेन्द्र देवकोटा बाबुराम भट्टराई प्रति आक्रमक बनेका छन् । तीनै देवकोटा हुन जसले बाबुराम प्रधानमन्त्री चुनीदाँ अव देशले बिकासको गती लिन्छ भनेर बोलेका थिए ।
चुनाबी सभामा बोल्दै डा. उपेन्द्र देवकोटाले गोरखाका कुनै अरु डाक्टरले जसरी आफूहरुले पिएचडीको सर्टि्फिकेट विक्री नगरेको बताए । ‘गोरखामा धेरै डाक्टरहरु जन्मनु भएको छ । पोष्ट ग्राजुयट गरेका विद्यार्थीहरुलाई मैले पढाउँछु, मेरो भाई पिएचडी पछिको कोर्ष अध्ययन गरेर देशमा बसेर काम गरिरहेको छ,तर हामीले प्रचार गरेका छैनौं’ उनले भने, ‘मैले धेरैको मष्तिस्क चिरफार गरेँ । मानिसहरु देखेपछि उनीहरुको अवस्थाबारे जानकारी हुन्छ । अव देशमा बामगठबन्धनको विकल्प नभएकोले आफु यहि बाटोमा अगाडि लागेको हुँ ।
उनले राजनीतिशास्त्रमा नेताहरुलाई चार सिद्धान्तले स्थापित गरेको बताए । पहिलो सिद्धान्तको आधारशिला हो, दोश्रो नैतिकताको सिद्धान्त, तेश्रो मार्ग्चित्र र चौंथो सबैसँग समझदारी जुटाउन सक्ने हुनुपर्दछ’ उनले भने । तर बाबुराममा कुनै पनि गुण नभएकोले आम गोरखाबासी झुक्किएर पनि बाबुरामलाई भोट नदिन आवहान् समेत गरे ।
‘म विरामी जाँचेर गोजीमा पैसा हाल्ने बेला किन यो बाम गठनबन्धनको निर्वाचन प्रचारमा हिँडेको छ ? जसरी विरामीहरुलाई मैले उपचार गरेर ठीक पार्छु त्यसरी नै नेपालको राजनीतिलाई पनि ठीक पार्न लागि परेको हुँु,’ उनले भने, ‘२०२२ सालदेखि विद्यार्थी संगठन सुरु गर्ने गोरखाको पहिलो विद्यार्थी भएको नाताले बाम गठबन्धनलाई सहयोग गर्न म गोरखा आएको हुँ ।
बाम गठबन्धनदेखि आत्तिएर शेरबहादुर जीले घसेटा र चेस्का बटुलेर अर्को गठबन्धन बनाएको देवकोटाको भनाई छ । बुढी भैंसीलाई कुँडो खुवाएर दुध नआउने बताउँदै बाबुरामको राजनीति सकिएको देवकोटाले दाबी गरे । उनले अधिकास समय बाबुरामको आलोचनामा बिताए । देवकोटाले बाबुरामको आलोचना गर्दा मञ्चमा बसेका प्रचण्ड र नारायणकाजी मुसुमुस हासेका थिए ।

Bhansar Bivag
Argakhachi Cement