बिष्णु गिरी ‘निश्चल’
पछिल्लो समय दैनिक जसो लैंगिक हिंसाका बारेमा समाचारहरु आउने गरेका छन् । मान्छे जति चेतनशिल हुदै गयो त्यतीनै यौनिक तथा लैंगिक हिंसा बढनुको कारण के होला ? सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक, लैङ्गिक, जातिय, धार्मिक आधारमा व्यक्तिलाई गरिने भेदभाव, बहिष्कार, असमानता, अत्याचार, कुटपिट, दमन, शोषण आदि जस्ता कसूरजन्य क्रियाकलाप नै हिंसा हो । हिंसा परिवार भित्र, समुदायमा, कार्यस्थलमा समाजमा र राज्यद्वारानै पनि हुने गर्दछ । हिंसा शारीरिक, मानसिक, यौनजन्य, आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक आदि विभिन्न स्वरुपका हुन्छन् । पछिल्लो तथ्याङकले नेपाल लगायत बिश्वका जहाँ सुकै पनि अधिकांश हिंसाहरु महिला विरुद्ध भैरहेका देखाएको छ । हुन त यौनिक तथा लैंगिक हिंसाबाट पुरुषहरु पनि प्रभाबित नभएका भने हैन तर त्यो नगन्य मात्रामा छ ।
महिला भएकै आधारमा कुनै महिला उपर भेदभाव गरी गरिने बहिष्कार, असमानता अन्याय अत्याचार, दमन, शोषण जस्ता कसूरजन्य कार्यहरु लगायत कु.प्रथा तथा कुसंस्कारका कारण महिला घरेलु हिंसाका शिकार भएका, बलत्कार बैबाहिक वलत्कार यौनजन्य दुव्र्यवहार लगायत यौन हिंसा, कार्यस्थलमा हुने हिंसा तथा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, मानसिक, शारिरीक हिंसा लगायतका विभिन्न स्वरुपका हिंसाका शिकार महिला भैरहेका छन् ।
हाम्रो देशमा पितृसतात्मक सामाजिक संरचना सोच व्यवहार, परम्परागत मूल्य मान्यता सामाजिक न्यायको अभाव गरिवी, अशिक्षा, कुरिती, कुसंस्कारको कारणले महिला र पुरुष विच रहेको असुन्तलित शक्ति सम्बन्धले गर्दा महिलाको समाजमा रहेको न्यून स्थान, राज्यद्वारा निर्मित भेदभावपूर्ण कानून, विभेदकारी रिति रिवाज र महिला कन्या दान भएर पुरुषकै घरमा जानु पर्ने बैवाहिक परम्पराका कारणले गर्दा महिला भएकै कारणले उनिहरुमाथि हिंसा हुने बढी खतरा छ, यस्तो भैरहेको यथार्थ पनि छ । लिङ्गमा आधारित महिला विरुद्धको हिंसा लैङ्गिक भेदभावको प्रमुख एउटा रुप हो । संयुक्त राष्ट्रसंघको महिला उपर हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने समितीको सिफारिस नं. १९ ले “लिङ्गको आधारमा हुने हिंसालाई महिला विरुद्ध हुने भेदभावकै एउटा स्वरुप हो जसले महिलाको अधिकार एवं स्वतन्त्रता उपभोग गर्नबाट बंचित गर्दछ” भनेर परिभाषित गरिएको छ भने, बेइजिङ्ग घोषणा–पत्रमा “महिला विरुद्धको हिंसा समानता प्राप्त गर्ने वाटोको वाधक तत्व हो । महिला विरुद्धको हिंसा जुनसुकै स्थानमा चाहे त्यौ सार्वजकि स्थलमा होस वा कार्यस्थल वा घरभित्र होस त्यो महिलाको मानव अधिकारको विषय हो भनिएको छ । हिंसा भन्नाले महिलालाई दिएको शारिरीक, मानसिक, यौनजन्य, राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक एवं भावनात्मक दुव्र्यवहार भएको भन्ने बुझिन्छ ।
महिलाहरुमा हुने हिसा धेरै प्रकारको हुन्छन ती मध्ये शारिरीक हिंसा महिलालाई कुटपिट गर्ने, वलपूर्वक गर्भपतन गर्न लगाउनु, अंगभंग, थुन्नु, जलाउनु, बढि कार्य बोझ थोपरेर बढि दुःख दिनु, आदि हिंसा शारिरीक हिंसा भित्र पर्दछन् । मानसिक हिंसा महिला भएकै कारण होच्याउने, धम्की दिने, हेप्ने, उनीहरुलाई गाली गलौज गर्ने, भेदभाव गर्ने, भावनात्मक चोट पु¥याउने, झुठ्ठा आरोप लगाई बेइज्जती गर्ने जस्ता कामहरुले मानसिक हिंसा निम्त्याउँछ । यौनजन्य हिंसा महिलाको इच्छा विपरित जवर्जस्ती यौन सम्पर्क गर्ने(जर्वजस्ती करणी), यौनजन्य दुव्र्यवहार गर्ने, यौन यातना र यौन शोषण गर्ने, बैवाहिक बलात्कार, हाडनाा करणी, मानव बेचबिखन र ओसारपसार आदि । आर्थिक हिंसा महिलालाई आर्थिक श्रोत र साधनबाट बञ्चित गर्नु, आर्थिक श्रोत र साधनमा महिलाको नियन्त्रण नहुनु र सम्पत्तिको महिलाको स्वीकृति र सहमति बेगर दुरुपयोग गर्नु । महिलालाई रोजगारी गर्न नदिनु, अन्य आय आर्जनको कामबाट बञ्चित गरिनु पनि एक हो । सामाजिक हिंसा छोरीलाई नासोको रुपमा लिई उमेर नपुग्दै विवाह गरिदिनु, बहुविवाह, जर्वजस्ती विवाह, ढाँटी विवाह, घरेलु हिंसा, दाइजोजनित हिंसा आदि पनि हुन यस बाहेक पनि साँस्कृतिक हिंसा बोक्सीको आरोपमा कुटपिट, गाउँ निकाला, सामाजिक बहिष्कार, मलमुत्र खुवाउने, मानसिक यातना दिई बेइज्जत गर्ने, महिनावारी हुँदा अछुतको व्यवहार गर्ने, सुत्केरी हुँदा घरमा नराखी गोठमा राख्ने, रजस्वला नभई विवाह गर्दा पुण्य पाइन्छ भन्ने मान्यता एवं देउकी, वादी, झुमा, जारी आदि प्रथाहरु । राजनितिक हिंसा परिवारबाट महिलालाई राजनिति प्रवेशमा रोक लगाउने र असहयोग गर्ने एवं पितृसत्तात्मक सामाजिक संरचनाको कारणले शक्ति असन्तुलन राजनीतिमा न्यून सहभागिता आदि । अन्य हिंसा महिला भएकै कारण राज्य निर्मित कानूनमा महिलालाई भेदभाव गर्नु, नागरिकता दिन र लिन कानूनी विभेद र व्यवहारमा कठिनाई, छोरा सरह छोरीलाई शिक्षाको पहुँच नहुनु, महिलाको स्वास्थ्योपचारमा लापर्वाही, भेदभावपुर्ण वैवाहिक परम्परा, जुन महिला कन्या दान भएर पुरुषकै घरमा जानुपर्ने कारणले पनि महिला हिंसा बढी निम्त्याएको छ ।
यसरी धेरै प्रकारका हिसाँको सामना महिलाहरुले गरिहनु परेका छ । यसको प्रमुख कारण मध्ये महिलाले आफुमाथि भएको हिँसा भएको घटना लुकाउने गरेको एक अध्यनले देखाएको छ । महिला हिंसाहरु वर्ग, जात, जाति, सँस्कृति समाज र राजनीतिमा समेत व्यक्त छ । कुनैपनि क्षेत्र महिला हिंसाबाट अछुतो छैन । आजको बैज्ञानिक युग र सभ्यताको २१ औं शताब्दीमा महिलाहरुले महिला भएकै आधारमा हिंसा सहन बाध्य छन् । महिला भएकै कारण उनीहले जीवनभर थुप्रै क्रुर यातना र हिंसा व्यहोर्नु परिरहेको छ । महिला विरुद्ध हुने यस्ता हिंसा र त्यसको परिणामहरुले महिला अधिकारवादी एवं महिलाहरु स्वयं अत्यन्तै सम्वेदनशीलताका साथ साथै चिन्तित बनेका छन् । यसको अन्तयको लागि महलिा आफै सचेत र जागरुप बन्न सक्नु पर्छ । अनि जन स्तरसम्म पनि सचेतना मूलक कार्यक्रमहरु संञ्चालन गर्नु पर्छ ।