दोलाखा । बिदशिने युवा जमातको लागी गतिलो उदाहरण बनेका छन् दोलाखाका युवा ओलक जिरेल । उनले किविको उत्पादन गरेर लाखौं रुपैयाँ कमाएका मात्र छैनन् अरुलाई पनि रोजगारी दिएका छन् । पछिल्लो समयमा नेपाली युवाहरु धेरै जसो शिक्षित नै छन् । तर बेरोजगार भईयो भन्दै बिदेशिनेहरुको संख्या पनि ठुलै छ । यसरी बाहिरिनेहरुमा दैनिक १ हजार देखि २ हजारसम्म रहेको तथ्याँक भेटिने गरेको छ ।
स्वदेशमा सम्मान जनक काम पाईएन भन्दै बाहिरिने प्राय जसोले बिदेशमा गएर बिदेशिको भाडा माज्न तयार हुने गरेका छन् भने आफ्नो भूमिमा सुन फल्ने उदाहरण उनीहरले देखाउँन सकेका छैनन् ।