संखुवासभा । मंसिर १० गते हुन गैरहेको प्रथम चरणको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको संबेदनशिलतालाई मध्यनजर गर्दै चिनको सिमा शुरक्षा फोर्स र नेपाल तर्फको सिमा प्रहरी चौकीको संयुक्त सम्झौतामा किमाथांका नाका बन्द गरिएको छ ।नेपालमा हुन गैरहेको निर्वाचनका समयमा बिभिन्न अपराधिक गतिबिधीहरु हुनसक्ने भन्दै चिनको चांगा सहरबाट नेपाल छिर्ने सीमा नाका ४ दिनका लागि बन्द गरिएको छ । मंसिर ७ बाट ११ गते सम्मका लागि सिमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिनुभएको छ । ४ हजार २ सय ८२ मतदाता रहेको भोटखोलाको सुदुर उत्तरमा रहेको किमाथांका नाका सदरमुकाम खाँदबारीबाट ५० कोष टाढा रहेको छ । सदरमुकाम खाँदबारीबाट ७ दिनको पैदल दुरीमा रहेको किमाथांकाका बासिन्दाहरु दैनिक उपभोग्य सामग्रीहरु खरिदका लागि चिनको चांङ्गा सहरमा पुर्णत परनिर्भर रहँदै आएका छन् । नेपालको पुर्वी कर्णालीका रुपमा चिनिने संखुवासभाको भोटखोला क्षेत्रमा सडक, संचार र स्वास्थ्य सुबिधा नहुँदा त्यहाँका बासिन्दाहरु पुर्णरुपमा चिनको चाँगा सहर संग परनिर्भर रहँदै आएका थिए ।