कृष्ण बोहरा र अन्जु चौलागाईं अभिनित कस्तो नसालु गीत सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ । नेपाली साँगेतिक क्षेत्रका चर्चित गायक रुपक डोटेलको सुमधुर स्वरमा कस्तो नसालु हेराइ बोलको गीतको यतिबेला निकै चर्चा रहको छ । बि .बि. थापाको शब्द सम्योजन मनोज चौलागाईंको अरेन्ज रहेको यो गीत आधुनिक ढाँचाको रहेको छ ।
प्रेम भाबमा आधारित यो गीतमा मोडल कृष्ण के बोहरा र अन्जु चौलागाईंको अभिनयले थप चर्चा बटुलेको छ । शिक्षा सेवामा आफ्नो सारा जीवन बिताएका बोहराले कलाकारिता क्षत्रमा समेत अभिनय मार्फत आफ्नो खुबी गीतमा देखाएका छन् । नेपाली चलचित्र प्रसाद , कान्छी पातली लगायत अभिनय गरेका छन् । बोहराले दजनौ म्युजिक भिडियोमा अभिनय गरिसकेको भएपनि यो गीतमा भने उनको अभिनयको सबैले प्रशंशा गरेका छन् ।
कलाकार बोहरा फेरि छिट्टै अन्य म्युसिक भिडियो लिएर आफ्ना दर्शकहरु माझ आउने तयारी गरिरहेका छन । अहिले चर्चा बटुल्न सफल यस गीतको म्युजिक भिडियो गणेश शाहीले निर्देशन गरेका हुन ।

Related posts

Leave a Comment