काठमाण्डौं माघ १० । केन्द्रीय अनलाईन रोधी ब्यबस्थापन संघको तेस्रो साधारणसभा सम्पन्न बुधबार सम्पन्न भएको छ । संघका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको साधारण सभाले बिभिन्न प्रस्तावहरु समेत पारित गरेको छ । साधारण सभाले गत आर्थिक बर्षको आय ब्यब बिबरण लाई पारित गदै आगामी बर्षको लागि पनि लेखा परिक्षकमा हरिसचन्द्र मरहटा राख्ने निर्णय गरेको छ । यस्तै साधारण सभाले बिभिन्न कला संगित क्षेत्रमा योगदान पुरयाएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।
संघको सदस्यता बढाउने निर्णय गदै २०७५ सालमा संघको सहयोगार्थ चिठा कार्यक्रम संञ्चालन गर्ने तथा लोक दोहरी अवार्ड २०७४ गर्ने तथा त्यसको प्रमुख अतिथिमा प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने निर्णय समेत गरेको छ । साधारण सभाले संघको प्रमुख सल्लाहकारमा सुरेश पौडेल र निरान्जन पौडेल चयन गर्ने निर्णय समेत गरेको छ ।