केपी ओलीद्वारा प्रधानमन्त्रीको दावी राष्टपति समक्ष पेश

प्रकासित मिति: ३ फाल्गुन २०७४, बिहीबार ०५:०८

काठमाडौं । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन् । उनीहरूले राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी पेस गरेका हुन् ।

वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ ।

Bhansar Bivag
Argakhachi Cement