के छ सरकारको नीति तथा कार्यक्रममा नयाँपन

प्रकासित मिति: २१ बैशाख २०७६, शनिबार ०१:१६

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गरेकी छन् । शुक्रवार संघीय संसदका दुवै सदन ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।सरकारका नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समावेश गरिएको छ । आगामी आर्थिक वर्षमा इतिहासकै तीव्र आर्थिक विकास, बारीका पाटा र खेतका गह्रा सबै हराभरा बनाउने घोषणा, ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक र आगामी वर्षभित्र ७७ वटै जिल्ला सडक सञ्जाल बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । राजधानी काठमाडौं उपत्यकालाई धुलोमुक्त बनाउने, सामाजिक सुरक्षा भत्ता बढाउने, श्रमिकको पारिश्रमिक बैंकबाटै भुक्तानी दिनेजस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थप देशसँग श्रम सम्झौता गरिने, समुन्द्रमा नेपालको झण्डासहितको पानीजहाज सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।नीति तथा कार्यक्रममा ‘नेपालमा कोही भोको नपर्ने, भोकले कोही नमर्ने’ कार्यक्रम समावेश भएको छ । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । राष्ट्रपति भण्डारीले सम्बोधनको क्रममा २१ पल्ट ‘मेरो सरकार’ उच्चारण गरेकी छन् ।सरकारले सडकलाई धूलोमुक्त बनाउने दाबी पनि गरेको छ ।

त्यसका लागि राजधानी प्रवेश गर्ने सवारी साधनलाई स्वचालित प्रविधिबाट सफा गर्ने अवधारणा सरकारले अघि सारेको गरेको छ ।ुसडक किनारालाई माटोरहित बनाउनुका साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरू र ठूला निर्माणस्थलमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ । निजी क्षेत्रसँगको सहकार्यमा उपत्यका लगायतका अन्य सहरी क्षेत्रमा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्य कायम गर्न स्वच्छ सहर अभियान सञ्‍चालन गरिनेछ ।ु१५औं पञ्चवर्षीय योजना अवधिभित्र कूल खेतियोग्य जमिनको ९० प्रतिशत भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने दाबी सरकारले गरेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ( ुसिँचित कृषि क्षेत्रको अभिवृद्धि, नेपालको समृद्धिु भन्ने मूल नाराका साथ आगामी १५औं योजना अवधिभित्र कूल कृषियोग्य भूमिको ९० प्रतिशत भूमिमा सिँचाइ सुविधा उपलब्ध हुने गरी पूर्वाधार विकास गरिने छ ।ुसरकारले पहाडका नदी तथा खोला आसपासमा हराभरा बनाउने जिकिर पनि गरेको छ
ुबारीका पाटा र खेतका गह्रा, हुन्छन् सबै हराभराु भन्ने नाराका साथ पहाडी क्षेत्रका नदी छेउछाउका कृषि योग्य जमिनमा सौर्य ऊर्जा समेत उपयोग गरी लिफ्ट सिँचाइ प्रणाली विकास गरिने छ,ु वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, ुप्रदेश तथा स्थानीय तहको सहभागितमा तराईरमधेशका कृषियोग्य पकेट क्षेत्रहरूमा सौर्य ऊर्जामा आधारित भूमिगत सिँचाइ सुविधा उपलब्ध गराइनेछ ।ुसरकारले अब नेपालमा कोही भोकले नमर्ने जिकिर पनि गरेको छ ।

ुगरीबीको मनोविज्ञान हटाई आत्मविश्‍वास जागृत गरिनेछ । मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्‍न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरीबी अन्त्य गरिनेछ । अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन,ु सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।
सरकारले विमानस्थलहरूको स्तरोन्नतिसँगै सडकहरू पनि विमान उडानरअवतरण गर्न सक्ने गरी विकास गर्ने लक्ष्य राखेको छ ।
हाल सञ्‍चालनमा रहेका आन्तरिक विमानस्थलहरूलाई ठूला विमानहरू उडान र अवतरण गर्नसक्‍ने गरी विकास गरिनेछ । राष्‍ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्‍ने धावनमार्गको रूपमा विस्तार गरिनेछ ।

Bhansar Bivag
Argakhachi Cement