कैदीबन्दीमाथिको यातनामा कमी आएनः मानवाधिकार आयोग

प्रकासित मिति: २४ मंसिर २०७३, शुक्रबार १४:३१

काठमाडौँ, २४ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले नेपालको संविधान मानवअधिकारमैत्री रहेको जनाएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा आयोगका सदस्य सुदीप पाठकले संविधानमा व्यवस्था गरिएको मानव अधिकारलाई जनताको घर घरसम्म लैजानुपर्नेमा जोड दिइयो ।

विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई आत्मसात् गरी सत्य निरुपण र बेपत्ता छानबिन आयोग गठन भइसकेको तथा त्यसमा हजाराँैको सङ्ख्यामा उजुरी आएको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले कारागार तथा हिरासतमा अझै १६ हजार कैदीबन्दी रहेको र उनीहरुमाथि दिइने यातनामा कमी नआएको विचार व्यक्त गर्दै नेपालका युवा बेरोजगारीमा बस्न बाध्य भएको र नेपाली समाजमा अझै जातीय विभेद ठूलो खाडलका रुपमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले मानवअधिकारको विषयमा कुनै निर्णयमा लिन सरोकार भएकाहरुलाई बाहिर राखेर एकलौटी निर्णय गर्ने पक्षमा सरकार नरहेको बताउँदै सशस्त्र द्वन्दमा भएको घटनालाई टुङ्गोमा पु¥याउन सबै पक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

अधिवक्ता दिनेश त्रिपाठी, मानवअधिकारवादी चरण प्रसाईं, राजन कुइँकेललगायतले नेपालमा मानवअधिकारको स्थिति अझै सन्तोषजनक नभएको र पीडितले न्याय पाउन नसकेको टिप्पणी गर्नुभयो ।

Bhansar Bivag
Argakhachi Cement