कैलाली कंचनपुरका हावाहुरी पिडितलाई परिवार दलको साथ

प्रकासित मिति: २५ जेष्ठ २०७६, शनिबार १४:५२

काठमाण्डौ । नेपाल परिवार दलले कैलाली कन्चनपुरका हावाहुरी पिडितलाई सहयोग गरेको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक संञ्जाल मार्फत तत्काल पचास हजार रुपैया सहयोग गरेको जानकारी दिएका छन् ।
परिवार दलले भीषण हावाहुरीका कारण मुर्त्यु बरण गर्नेहरुमा भाबपुर्ण श्रदान्जली दिदै शोकाकुल परिवारमा समबेदना र घाइते हरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
दलले भीषण हावाहुरीका कारण पिडित भएका सबैको उद्धार तथा उचित व्यवस्था गर्न पनि सरकारसंग माग गरेको छ । दलले सो क्षेत्रका आफ्ना स्थानीय कार्यकर्ताहरुलाई उद्दारमा खट्न पनि अपिल गरेको छ । यस अघि पनि दलले बारा पर्सा हावाहुरी पिडितलाई पनि सहयोग गरेको थियो भने दलका अध्यक्ष ढकाल स्वयम उपस्थीत भएर १७० घर परिवारलाई सोलार लाइट् हस्तान्तरण गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement