कोरिया प्रायद्विप र अन्तधार्मिक सहकार्य

प्रकासित मिति: ९ मंसिर २०७४, शनिबार १३:२३

केशव प्रसाद चौलागाई
दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना हुने अन्र्तधार्मिक नेतृत्व सम्मेलनमा सहभागि हुन नोभेम्बर १० का दिन सबै धर्मालम्बीहरु कोरियन एयरको उडानबाट सियोल पुग्दा एयपोटमा स्वागतका लागि उपस्थित स्वंयसेवकहरुले होटल लोटेसम्म पुग्न यातायातको व्यवस्था गरिएको थियो ।
अघिल्लो दिनको उदघाटन सत्र नेपाल स्थित कोरियन दुतावासबाट प्रवेशाज्ञामा ढिलाइका कारण छुट्न गएकोले दोस्रो दिनको कार्यक्रमा देखी हामी सहभागि भयौ काठमाडौबाट साझ ८ः३० मा उडेको कोरियन बिमानबाट सियोलमा पुग्दा त्यहाँको समय अनुसार बिहानको ५ः३० भएकोले उज्यालो भइसकेको थियो हिन्दुधर्म डां चिन्तामणी योगी, अन्तरधार्मिक परिषद नेपालका अध्यक्ष दामोदर गौतम, त्रिभुवन विश्वविद्यालय बौधधर्म विभागका प्रमुख प्रो डा. मिलन शाक्य, बौध भिक्षु धर्ममूर्ति, एस्लामिक संघ नेपालका पूर्व अध्यक्ष नसरुल हसन फलाही बहाई धर्मका प्रतिनिधी नरेन्द्र पाण्डे तथा युनिर्भसल पिस फेडेरेसनका पियारन्त महर्जन र म समेतको नेपाली टोली होटलमा पुग्दा विहानका प्राथना सभा पश्चात ब्रेक फास्ट खाएर सेमिनारमा सहभागी भयौ । बिभिन्न महत्पूर्ण विषयमा हुने छलफल र निष्कर्षले विश्वशातिका लागि नयाँ मार्ग चित्र कोर्ने हुनाले सम्मेलन प्रति मेरो आकर्षण बढेको थियो ।
सम्मेलनमा सहभागिताका लागि आयोजक सस्था युनिभर्सल पिस फेडेरेसनका तर्फबाट काठमाडौमा निम्ता पाउँना साथ कोरियन प्रायदिपमा चलिरहेको बाक युद्धका साथै उत्तरकोरिद्वारा संयुक्त राष्ट संघको प्रतिनिधको बाबजुट पनि लामोदुरीका क्षेप्यास्त्रहरु जापानी भूमिलाई समेत परिक्षण गरिरहेको विश्वको ध्यान केन्द्रित भई रहको प्रति विभिन्न विकल्का बारे चिन्तन गरिरहे आफै देशमा माओवादी जनयुद्दले बनाएको घाउँ र क्षति सत्य निरुपण तथा मेलमिलाप आयोग बनाए पश्चात पनि जस्ताको त्यस्तै पीडादायी रहको अवस्थामा विश्वशान्ती का लागि हाम्रो चिन्ता र प्रयास कसरी सार्थक रहला भनि मनमनै प्रश्न गरिरहे?
पहिलो दिनको पहिलो सत्र समाप्त भए पछि आफू ११ नोभेम्वरका असी हजार भन्दा बढी दर्शकहरुेका उपस्थितमा सम्पन्न शान्ती सभा तथा ¥याली मा सवैधर्मका धर्मगुरुहरुले शान्तिका लागि प्राथना गर्दा विश्वनै त्यही समाहित भएको अनुभुति भइरहयो । दुई कोरियाको शान्तिपूर्ण एकिकरणका लागि आयोजित शान्ति सभा र ¥याली वास्तवमै उत्तेजना र धृणा रहीत शान्ति प्राथना र दवाव थियो । दोस्रो विश्व युदको समाप्ति सगै कोरियालाई उपनिवेश बनाउने जापान परास्त र ध्वस्त भए पछि साम्यवादी विचारधारमा अघि बढेको प्रजातान्त्रीक विचार धारमा भन्ने बहसले सन १९५०–५३ सम्म फैलिएको गृहयुद्धले अन्तत २५ लाख भन्दा बढी कोरियाली हरुको ज्यान जानुका साथै दुई देशका रुपमा विभाजित हुन पुग्यो ती दिन र क्षणलाई विश्वइतिहासमा अध्येताहरुले पढ्दा मात्रै पनि भावकु बन्ने गरेको पाइन्छ भने भोेग्न् कोरियाली परिवाहरुलाई कस्तो पीडा पुग्दा हो । अघि यिनै पिडाहरुर्ला मेटाउन शान्तिपूर्ण रुपान्तरण का साथै छिमेकी तथा विश्वलाई चुनौतीको भाषा सुनाउने उतर कोरियाली शासकलाई शान्त भावमा शान्ति सन्देश दिने प्रयास विश्वकुटनीतिका दृष्टिमा पनि उच्च रहेको मैले मूल्याङकन र महसुस गरेको छु । हालै विश्व शक्ति राष्ट्र अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो १२ देशको एसियाली भ्रमणका क्रममा दक्षिणकोरिया र चीनमा व्यस्त विचारभन्दा भिन्न शान्ति सन्देश वास्तमै विश्वका लागि अनुकरणीय कार्यक्रम बन्न पुगेको छ ।

चीनको सहयोग महत्वपूर्ण ठानी चिनमा राष्ट्रपति डोनाल्ट ट्रम्पले चीनीया राष्ट्रपतिको उच्च प्रशसा र दक्षिण कोरियामा उत्तर कोरियाली नेता प्रति चुनौती र आशालाग्दो विकल्पको कुरा गराइको स्थानमा यो धार्मिक प्रयास विश्वकै सासाझा भावना र प्रयास थियो । विश्वको आधार थियो वास्तवमा आफ्नो अखण्डता प्रतिको चिन्ता विश्वासकै कमीका कारण उत्पन्न भएकोले उत्तरकोरियाली जनता र राष्ट्रलाई विश्वास दिलाउने कार्य ट्रम्पको भ्रमणले भन्दा सयगुण बढी यस अन्तरधार्मिक प्रयासले गर्न सक्यो यही आधार र उपलब्धीलाई आयोजक राष्ट्रले उत्तरकोरिया, चीन र अमेरिकालाई सुम्झाउन सकेमा सम्मेलनको सार्थकता कुटनैतिीक पहलमा पनि सार्थक प्रमाणीत हुने छ । वल्र्डकप स्टेडियमा प्रारम्भ भएको सभामा मंगलबार भारतबाट आउनु भएका हिन्दु गुरु स्वामी हरीचैतन पुरी, एपएफ डब्लुपियु अमेरिका अन्तराष्ट्रिय उपाध्यक्ष डा. कि हुन फ्रान्सका कैयोलिक धर्मगुरु मोनसिडसर सभाकस गिलोट एलाम धर्मगुरु सेनेगलका सेख अहमद मवेक बुद्धधर्मका धर्मगुरु मेनेखल पायोन वेन (कोरिया) सिन्योधर्मका धर्मगुरु दोवोसिगामोरी मिसिमा फिन्जा जापान लगायतको संम्बोधन र प्राथनाले विश्लाई नै मार्गदर्शन गर्न सार्मथ्य राख्दथ्यो । विभिन्न देशबाट सम्मेलमा प्रतिनिधित्व गरेका ४०० जतिको सहभागिता र छलफलमा विषयबस्तुहरुले हरेक विषयहरुमा धार्मिक नेतृत्व सक्षम हुने ज्ञारेन्टी गर्दथ्यो । विश्वमै नीति नियमका क्षेत्रमा धर्म र शान्तिलाई स्थापिम गराउने प्रयास स्वरुप थालनी गरिएको सांसदहरुको संगठन ९क्ष्ब्एए० को गतिविधी बारे प्रकास पादै नेपालका एकनाथ ढकालले सबैलाई आस्वस्त तुलाउन भएको थियो । युनिभर्सल पिस फेडेरेसन तथा ९क्ष्ब्एए० को एशियाली नेतृत्व गर्दै रहनु भएका पूर्वमन्त्री एकनाथ ढकाल विश्वका सांसदहरुको आकर्षण बढदै गएको कुराले नेपाललले पनि भविष्यमा अन्तराष्ट्रिय क्षेत्रका ध्यानार्कषण गराउन धार्मिक क्षेत्रका तर्फबाट सफल हुनेछ भन्ने आशा पलाई सकेको छ । नेपालको द्वन्द्वपीडित र वेपता परिवाले दुःख भोग्नु परिरहेको तर्फ ध्यानाकर्षण गर्दै नेपालका लागि भवियमा के कार्यक्रम रहेको छ भन्ने मेरो प्रश्नको उत्तर दिदै पूर्वमन्त्री ढकालले आफ्नो प्रतिबद्धता दोहो¥याउनु भएको थियो । नेपामलमा अर्का प्रतिनिधि विद्धान डा. चिन्तामणी योगीले अर्काे सत्रमा बक्ताको रुपमा बोल्दा अन्तरधार्मिक सहकार्यको महत्व र मानवतानै सबैको केन्दविन्दु रहेको कुरा मिठो ढंगले प्रस्तुत गर्दा सम्पूर्ण सभा तालीको गडगडाहटले रमणीय बन्न गयो । अन्तराष्ट्रिय मञ्चमा अन्ताराष्ट्रिय व्यक्तिहरुमा मात्र वहाँको प्रस्तुति सदैव प्रसंशनीय हुने गरिरहे अन्ताराष्ट्रिय विषेयवस्तु माथी बोल्न सक्ने सनातन हिन्दु धर्मका प्रवक्ताका रुपमा वहाँको स्थान अग्रणीय रहन्छ । यस पटक पनि वहाँको प्रस्तुति भारतीयहरु भन्दा कम रहेन । नेपालीहरुको उपस्थिति र सहभागिता सदैव महत्वपूर्ण हुने कुरा प्रमाणीत भयो ।
अन्तिम दिनको विहानको सत्र समापीत पछि युनिभर्सल पीस फेडेरेसन संस्थाका संस्थापक डा. सनम्याङ मुन र डा. हाक जा हान मुनको निवास जसलाई पृथ्वीको स्वगर््का रुपमा पनि बुझने गरिन्छ त्यहाँको भ्रमण ग¥यौ । होटलबाट त्यस स्थान सम्म जादा सियोलबाट केही घन्टा टाढा यात्रा गर्दा विभिन्न रंगका रुखका पालहरुले हाम्रो मनको विभिन्न र रंगहरु सँग जोडदै प्रफुल्ल बनाई रहयो ।

संस्थापक डा. मुनको निवास्थल पुगेर भब्यता विशाल रहेका रमणीयतासँग एकैसाथ मिस्रित हुन पाउदाँ वास्तमै शान्तिको दरवारको अनुभूति भयो । हामी प्रतिनिधहरु सँग बाहिर खुल्ला स्थानमा सामुहिक फोटो खिचाँउन जिवित संस्थापक मदर मुन (डा. हाक जा हान मुन) आउनु भई स्वागत गर्नाले अझ गौरावीत हनु पाइयो । साँझ पख त्यही नजिकै रहेको भब्य सभाहलमा सम्पूर्ण प्रतिनिधिहरुको सम्मानमा संस्थापक मदर मुनले आयोजना गर्नु भएको रात्री भोजमा सरिक भई सांस्कृतिक सामिप्यता प्राप्त गर्न सकियो । ११ तारिखको वल्वकपै स्टेडियममा मदर मुनले गरेको सम्बोधन र ८ तारिखमा अमेरिक राष्ट्रपति डोनाल ट्रम्पले गरेको सम्बोधन र हाउभाउ आकास र जमिनको फरक देखियो विशेष प्रार्थना र अनुरोध गर्दा मुनको दुई कोरियको शान्तिपूर्ण ऐकिकरणको सन्दर्भमा पाइयो भने डोनाल्ड ट्रम्प चेतावनी र आशा भाडने मिश्रित प्रकृतिको मदर मुनको सम्बोधनमा उत्तरकोरिया र विश्वलाई विश्वास दिलाउने खालको थियो भने अमेरिकी राष्ट्रपतिको संशयपूर्ण वास्तवमा धर्म र राजनीति बीचको फरक पनि मदरमुनको अभिव्यतिबारे बुझन सकिएकोले मेरा लागि यो सम्मेलन शिक्षाप्रद बन्न पुग्यो । १४ तारिख विहानको ब्रेकफास्ट खाएर कोरियन एयरलाईनसबाट काठमाडौ आईयो । काठमाडौ अवतरण गर्दा साझ पखको उदाएको सुर्यका किरणले रक्तीम बनाइ रहो हिमालका दृश्यहरु मनमा उर्तान पनि भ्याईयो । शान्ति र विकासका लागि अन्तरधार्मिक संगठन मुख्य प्रस्ताव पारित भएकोमा सन २००४ मा नेमालमा हामीले प्रारम्भ गरेको अन्तधार्मिक परिषद नेपालको गरिमा बढेको महसुस गरियो ।

Bhansar Bivag
Argakhachi Cement