खतिवडाले जितिन् यो वर्षको मिस नेपाल

प्रकासित मिति: २९ चैत्र २०७४, बिहीबार ०२:११

काठमाडौं । मिस नेपाल २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् ।अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । उपाधिसँगै श्रृंङलाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । उनलाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहि¥याएकी थिइन् ।

हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए । उनी हेटौंडाकी हुन् ।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए ।

Bhansar Bivag
Argakhachi Cement